
काठमाडौं ।
डिजिटल भुक्तानी एप फोन पेको अफर एपमा समस्या आएकोछ ।प्रयोगकर्ताहरुले आफूले पाउनुपर्ने सुबिधा र छुटको उपयोग गर्न नपाएको भन्दै सामाजिक सञ्जालमा आपत्ती व्यक्त गरेसँगै कम्पनीले एपमा समस्या आएको जानकारी दिएको हो।
फोनपेले आफ्ना प्रयोगकर्ताहरुलाई विभिन्न सेवा सुविधाहरुको लागि प्रयोगमा ल्याएको फोनपे अफर एपमा समस्या आएको हो।
कम्पनीले अधिक उपयोग भएको हुँदा एपमा समस्या आएको बताएको छ। सोहि कारणले गर्दा हाल एपमा उपलब्ध हुने फ्ल्याश सेललाई हाल स्थगित गरिएको जानकारी दिएको हो।
यसअघि कम्पनीले नोभेम्बर १९ मा फ्ल्याश सेल अफर राखिएको भन्दै निकै तामझामका साथ प्रचारप्रसार गरेको थियो।
यसअघि प्रयोगकर्ताहरुले सो एपमा भएका कुनै जानकारीहरु नदेखिएको र एप नै चलाउन कठिन भएको भन्दै सो एपको गुणस्तरीयता र पूर्वाधार प्रति नै आशंका व्यक्त गरेका छन् ।
प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार