क्लबहाउसले आईओएसमा थप्यो क्लोज्ड क्याप्शनिङ फिचर

  • Technology Khabar | ३ मंसिर २०७८, शुक्रबार
क्लबहाउसले आईओएसमा थप्यो क्लोज्ड क्याप्शनिङ फिचर

काठमाडौं ।

अडियोमा आधारित सामाजिक सञ्जाल क्लबहाउसले आईओएसका लागि क्लोझ्ड क्याप्शनिङ फिचर उपलब्ध गराएको छ।

विशेषगरी अडियोमा आधारित प्लेटफर्म भएता पनि विभिन्न प्रतिस्पर्धीहरुको सामना गर्नुपर्ने भएकाले क्लबहाउसले बेलाबेला नयाँ फिचर ल्याउने गरेको छ।

यो हप्ता कम्पनीले आईओएसमा क्लोज्ड क्याप्शनिङको फिचर उपलब्ध गराएको हो।

यो फिचर ट्विटरको स्पेसेजमा यसअघि नै उपलब्ध छ भने यसले कान सुन्दै नसुन्ने वा कम सुन्ने समस्या भएका प्रयोगकर्तालाई एप एक्सेस गर्न सहयोग पुर्याउँछ।

https://twitter.com/Clubhouse/status/1461117758624600071

टेकक्रन्चलाई दिइएको एउटा विज्ञप्तिमा कम्पनीले यो फिचरले शुरुमा अंग्रेजी, क्यान्टोनिज, फ्रेन्च, जर्मन, जापानी, कोरियन, म्यान्डारिन तथा रसियनसहित १३ भाषा सपोर्ट गर्ने जनाएको छ।

तर केही यूजरले उक्त फिचरले कुनै भाषा राम्ररी नचिन्ने समस्या आएको बताएका छन्। क्लबहाउसले यो फिचर एन्ड्रोइडका लागि उपलब्ध गराउने या नगराउने भन्ने बारेमा केही जानकारी दिएको छैन।

प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...