
काठमाडौं ।
विश्वभरी निकै चर्चित अनलाइन ब्याटल रोयल गेम पब्जीको ग्लोबल प्रतिस्पर्धा आज शुरु हुँदैछ।
यो गेम खेल्नका लागि प्रत्येक महिना विश्वभरका ५२ करोडभन्दा बढी खेलाडी एक्टिभ रहन्छन्। साथै यस गेमको दैनिक एक्टिभ यूजरको संख्या ४ करोडभन्दा बढी हुने गरेको छ।
गेम निर्माता कम्पनी क्राफ्टनले यिनै प्लेयरहरुका लागि पब्जीको ग्लोबल च्याम्पियनशिप आयोजना गर्न लागेको हो। यो प्रतिस्पर्धा आज अर्थात् नोभेम्बर १९ बाट शुरु भएर आगामी डिसेम्बर १९ सम्म जारी रहनेछ। सबै प्रमुख वेबसाइटहरुमा यो च्याम्पियनशिप प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ।
३२ टिमलाई करोडाैं रुपैयाँको पुरस्कार
पब्जी ग्लोबल च्याम्पियनशिपमा विश्वभरका ३२ टिम सहभागी रहनेछन्। सबै ३२ टिमलाई १८ लाख ६० हजार डलर बराबरको पुरस्कार दिइनेछ जसमा १ देखि १६ औं स्थानसम्म पर्नेले अलग अलग रकम पाउनेछन्।
यस्तो छ विजेताले पाउने नगद पुरस्कार:
| १ | २ | ३ | ४ | ५ | ६ |
| ६,००००० | २,९०००० | १,५०००० | १,२०००० | ६७,००० | ५८,००० |
| ७ | ८ | ९ | १० | ११ | १२ |
| ५३,००० | ४८,००० | ४४,००० | ४०,००० | ३७,००० | ३५,००० |
| १३ | १४ | १५ | १६ | १७ | १८ |
| ३३,००० | ३२,००० | ३१,००० | ३०,००० | १५,००० | १५,००० |
| १९ | २० | २१ | २२ | २३ | २४ |
| १५,००० | १५,००० | १३,००० | १३,००० | १३,००० | १३,००० |
| २५ | २६ | २७ | २८ | २९ | ३० |
| १०,००० | १०,००० | १०,००० | १०,००० | १०,००० | १०,००० |
| ३१ | ३२ | ||||
| १०,००० | १०,००० |
१ देखि ३१ = स्थान ६,००००० देखि १०, ००० पुरस्कार डलरमा
त्यस्तै १७ देखि २४औ स्थानसम्म आउनेले लगभग समान रकम पाउनेछन् भने २५ देखि ३२औं स्थानमा रहनेले एकै प्रकारको रकम पुरस्कार दिइनेछ।
साप्ताहिक रुपमा हुने फाइनलका क्रममा परम्परागत पब्जी ईस्पोर्ट्स टूर्नामेन्ट स्ट्रक्चर तथा सुपर प्वाइन्ट रूल अनुसरण गर्नुपर्नेछ।
च्याम्पियनशिपको ग्रान्ड फाइनल तीन दिनसम्म चल्नेछ। यसमा हरेक दिन ५ म्याच खेलिनेछ। पुरस्कार जित्ने सबै खेलाडीलाई कोरियाको इन्चियोमा प्याराडाइज सिटीको यात्रा गराइनेछ।
यसबाहेक सबै टिमलाई करिब २० लाख डलर पुरस्कार दिइनेछ। कोभिड-१९ महामारीको कारणले गत वर्षको फाइनल रद्द गरिएको थियो।
प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार