काठमाडौं ।
अमेरिकामा एक व्यक्तिबाट ४ करोड ६० लाख क्यानेडियन डलर (लगभग ३ करोड ६५ लाख अमेरिकी डलर) मूल्यको क्रिप्टोकरेन्सी चोरेको आरोप लगाउँदै क्यानाडामा प्रहरीले हालै एक किशोरलाई पक्राउ गरेको छ।
टोरन्टोबाट करिब एक घण्टा पश्चिममा रहेको सहर ह्यामिल्टन, ओन्टारियोका अधिकारीहरूकाअनुसार क्यानाडामा यो घटना अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी चोरी भएको इन्ग्याजेटले रिपोर्टमा उल्लेख गरेको छ।
क्रिप्टोकरेन्सीका मालिक सिम स्वाप आक्रमणको सिकार भएका थिए।तिनीहरूको सेलफोन नम्बर अवैधरुपमा साटियो र टू फ्याक्टर अथेन्टिकेसन अनुरोधहरू रोक्न प्रयोग गरियो, जसले गर्दा तिनीहरूको सुरक्षित खाताहरूमा पहुँच गर्न अनुमति दिईयो।
चोरी भएको केही पैसा “दुर्लभ” अनलाइन गेमिङ प्रयोगकर्ताको नाम खरिद गर्न प्रयोग गरिएको थियो । सोही खरिदका कारण अन्ततः ह्यामिल्टन पुलिस सेवा, साथै एफबीआई र अमेरिकी गोप्य सेवा इलेक्ट्रोनिक क्राइम टास्क फोर्सलाई खातावालाको पहिचान गर्न अनुमति पाएको थियो।
प्रहरीले किशोरलाई पक्राउ गर्दा लगभग ७० लाख क्यानेडियन डलर बराबर चोरी गरिएको क्रिप्टोकरेन्सी जफत गर्यो। उनलाई अदालतमा पेश गरिने बताईएको छ।
२०२१ क्रिप्टो चोरीका लागि प्रमुख वर्ष भएको छ। गत जुनमा, दक्षिण अफ्रिकाका लगानीकर्ताहरूले बिटक्वाइनमा लगभग ३.६अर्ब डलर गुमाए जब देशको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्जका संस्थापकहरू अचानक गायब भएका थिए। त्यही महिना, बेलायतमा प्रहरीले लगभग १५ करोड ८० लाख अमेरिकी डलर बराबरको विभिन्न डिजिटल मुद्राहरु जफत गरेको थियो। त्यसबेला, यो देशको इतिहासमा आफ्नो प्रकारको सबैभन्दा ठूलो जफत थियो।
प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार