नयाँ स्न्यापड्रागन चिप भएका फोनमा १५० वाटसम्मको फास्ट चार्जिङ उपलब्ध हुने

  • Technology Khabar | ३ मंसिर २०७८, शुक्रबार
नयाँ स्न्यापड्रागन चिप भएका फोनमा १५० वाटसम्मको फास्ट चार्जिङ उपलब्ध हुने

काठमाडौं ।

क्वालकमले नोभेम्बर ३० मा नयाँ फ्ल्यागशिप चिपसेट सार्वजनिक गर्दैछ। केही रिपोर्टहरुका अनुसार यसको नाम स्न्यापड्रागन ८ जेन१ रहनेछ।

लिकस्टर डिजिटल च्याट स्टेशनले आफ्नो वेबो पेजमा दावी गरे अनुसार उक्त नयाँ चिपसेटयुक्त केही फोनहरुमा १५० वाटसम्मको फास्ट चार्जिङ सुविधा आउन सक्नेछ। तर पहिलो ब्याचका फोनमा यो सुविधा नरहने र यिनहरु पछि मात्रा आउने उनले उल्लेख गरेका छन्।

हालसम्म शाओमी तथा मोटोरोलाका केही सेटहरुमा स्न्यापड्रागनको फ्ल्यागशिप चिपका साथमा उच्च क्षमताको फास्ट चार्जिङ सुविधा उपलब्ध छन्।

लिकस्टरका अनुसार क्वालकमले यसै वर्षको अन्त्यतिर आउने दोस्रो ब्याचका स्न्यापड्रागन चिपसेटमा १५०वाट सम्मको फास्ट चार्जिङ सुविधा उपलब्ध गराउनेछ। यस हिसाबले सन् २०२२ को पहिलो त्रैमासमा आउने डिभाइसमा यी चिपहरु प्रयोग हुनेछन्।

सान डिएगो कम्पनीले प्रयोग गरेको हालसम्मको मानकलाई क्विक चार्ज ५ का नामले चिनिन्छ र यसले डुअल चार्ज प्रविधिको प्रयोगबाट ५ मिनेटमा शून्यबाट ५० प्रतिशत चार्ज गर्न सक्ने क्षमता राख्दछ।

प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार