गुगल र फेसबुकलाई व्यापक सुधारको खाँचो रहेको न्यूज कर्पका अध्यक्ष रुपर्ट मुर्डकको भनाइ

  • Technology Khabar | २ मंसिर २०७८, बिहीबार
गुगल र फेसबुकलाई व्यापक सुधारको खाँचो रहेको न्यूज कर्पका अध्यक्ष रुपर्ट मुर्डकको भनाइ

काठमाडौं ।

न्यूज कर्पका अध्यक्ष रुपर्ट मुर्डकले बुधबार भएको शेयरधनीहरुको बैठकमा गुगल र फेसबुकमाथि शाब्दिक प्रहार गरेका छन्।

मुर्डकले यी दुई टेक जायन्टले परम्परागत आवाजलाई चुप लगाउन खोजेकोले यिनीहरुलाई सुधारको खाँचो रहेको बताएका छन्।

सिलिकन भ्यालीका यी कम्पनीहरु मुर्डकको तारोमा पर्नुका कारण गुगलले विभिन्न प्रकाशकहरुका समाचार तथा लेखहरु कुनै शुल्क वा क्षतिपूर्तिबिना नै प्रसारण गर्ने र फेसबुकले पनि पर्याप्त रुपमा प्रकाशकहरुलाई पारिश्रमिक दिन नसकेको रहेको छ।

न्यूज कर्पले यी दुई कम्पनीविरुद्ध यस विषयमा अष्ट्रेलियामा समाचार सामग्रीका लागि शुल्क तिर्नेगरी मुद्दा जितेको थियो।

‘थुप्रै वर्षदेखि हाम्रो कम्पनीले बिग डिजिटलका बारेमा वैश्विक वादविवादको नेतृत्व गरिरहेको छ’, मुर्डकले भने।

उनले केही हप्तायता देखिएको फेसबुक र गुगलको व्यवहारका  हिसाबले यी कम्पनीहरुलाई व्यापक रुपमा सुधार गर्ने आवश्यकता देखिएको आरोप लगाएका हुन्।

प्रकाशित: २ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...