
काठमाडौं ।
एप्पलले आफ्ना डिभाइस प्रयोगकर्ताले आफैं आईफोन तथा म्याकजस्ता डिभाइस मर्मत गर्न सकुन् भन्ने उद्देश्यले सेल्फ सर्भिस रिपेयर प्रोग्राम अगाडि ल्याएको छ।
कम्पनीले सेल्फ सर्भिस रिपेयर प्रोग्राममार्फत् यूजर आफैंले आधिकारिक एप्पलका पार्टपुर्जा प्रयोग गरेर आफ्ना डिभाइसहरु मर्मत गर्न सक्ने बताएको छ।
एप्पलले शुरुवातमा आईफोन १२ र १३ को मर्मत गर्न सकिने र निकट भविष्यमा एम१ चिपयुक्त म्याक मर्मतको सुविधा ल्याइने बताएको छ।
सेल्फ सर्भिस रिपेयरको पहिलो चरणमा ब्याट्री, क्यामरा तथा डिस्प्लेजस्ता मुख्य पार्टपुर्जामा केन्द्रित हुने र अन्य पार्टपुर्जाका बारेमा पछि जानकारी दिइने बुझिएको छ।
कम्पनीले मर्मतका लागि बनाइएको म्यानुअलको समीक्षा गर्न उपभोक्ताहरुलाई आग्रह गर्ने र त्यसपछप सेल्फ सर्भिस रिपेयर अनलाइन स्टोरबाट आवश्यक पार्टपुर्जा अर्डर गर्ने जनाएको छ।
तर कम्पनीले पार्टपुर्जाको मूल्यका बारेमा केही नखुलाए पनि मर्मतपछि प्रयोग रिएका पार्टपुर्जा रिसाइकलका लागि उपलब्ध गराएमा उपभोक्ताले केही क्रेडिट पाउने बताएको छ।
प्रकाशित: २ मंसिर २०७८, बिहीबार