
काठमाडौं ।
भारतको डिजिटल मोबाइल भुक्तानी प्लेटफर्म पेटीएमको मूल कम्पनी वन ९७ कम्युनिकेसनको शेयर आज भारतीय शेयर बजारमा सूचिकृत भएको छ ।
बम्बे स्टक एक्सचेन्जमा १,९५५ भारतीय रुपैयाँमा र नेशनल स्टक एक्सचेन्जमा १,९५० भारतीय रुपैयाँमा सूचीबद्ध भएको थियो। अर्थात् आईपीओमा मूल्यभन्दा ९ प्रतिशत कम मूल्यमा सूचिकृत भएको छ ।
अहिले लगानीकर्ताले प्रतिसेयर भारु ३५० घाटा बेहोरेका छन् । अहिले यो १३ प्रतिशतले घटेको छ।
१ हजार ८०५ भारुमा शेयर कारोबार भइरहेको छ।
पेटीएमको मूल्याङ्कन निकै महँगो छ। रिजर्भ बैंकले छिट्टै फिनटेकको लागि बाइ नाउ पे लेटरमा नियमन ल्याउन सक्ने बताएको छ। एक ब्रोकरेज हाउसले पेटीएमले आफ्नो स्थापनादेखि १९ हजार करोड भारतीय रुपैयाँ उठाएको बताएको छ। यो सबै रकम अहिले घाटामा छ ।
पेटीएमको भारु१८,३०० करोड को प्रारम्भिक सार्वजनिक सेयर (आईपीओ) भारतमा अहिलेसम्मको सबैभन्दा ठूलो आईपीओ हो। कम्पनीले नयाँ इक्विटी शेयर जारी गरेर रु ८,३०० करोड उठाएको छ र अवस्थित शेयरधारक र प्रवर्द्धकहरूले १०,००० करोडको शेयर बेचेका छन्। पेटीएमको आईपीओ १.८९ गुणा सब्सक्राइब भएको थियो।
पेटीएमको शेयर बाँडफाँड प्रति शेयर २१५० रुपैयाँको दरले भएको थियो।
विश्लेषकहरुले कम्पनीको शेयर भारु १२ सय सम्ममा झर्ने अनुमान गरेका छन्।
वन ९७ कम्युनिकेसन्स २००० दशकको शुरुवातमा स्थापना भएको थियो र त्यसबेलासम्म कम्पनी डोमेन नाम दर्ता र दूरसंचार फर्महरुको लागी भास कम्पनीको रुपमा समावेश थियो।
प्रकाशित: २ मंसिर २०७८, बिहीबार