१पासवर्डको ८औं संस्करण अब विन्डोजमा पनि उपलब्ध

  • Technology Khabar | २ मंसिर २०७८, बिहीबार
१पासवर्डको ८औं संस्करण अब विन्डोजमा पनि उपलब्ध

काठमाडौं ।

पासवर्डले हालै आफ्नो प्लेटफर्ममा पछिल्लो र उल्लेख्य अपडेट जारी गरेसँगै यो विन्डोज ११ मा पनि आधिकारिक रुपमा उपलब्ध हुने भएको छ।

हालै अपडेट भएर आएको भर्सनलाई १पासवर्ड ८ नाम दिइएको छ भने यसको डिजाइन पूर्ण रुपमा नयाँ रहेको छ। यसमा नयाँ उत्पादकत्व र क्षमता पनि थपिएको छ।

कम्पनीका चिफ एक्सपिरियन्स अफिसर म्याट डेभीका अनुसार १पासवर्डले डिभाइसहरुका बीचमा निरन्तरता दिनका लागि नक्स नामक ल्याङ्ग्वेज प्रयोग गरेर एउटा छुट्टै डिजाइन बनाएको हो।

यसमा अब क्याटेगरीहरु साइडबारबाट ड्रप डाउन मेनुमा गएका छन् भने यसलाई डार्क मोडमा स्विच गर्नका लागि नयाँ आइकनहरु पनि राखिएका छन्।

यो नयाँ भर्सनमा क्विक एक्सेस नामक फिचरसहित यसको अघिल्लो भर्सनको तुलनामा अझ द्रुत गतिमा काम गर्नेगरी बनाइएको छ। यो फिचरले १पासवर्ड नखोलेको बेला पनि सेभ गरिएका सामग्रीहरु छिट्टै भेटाउन मद्दत गर्छ।

यसबाहेक एउटा नयाँ क्याटलग फिचर पनि दिइएको छ जसले आइटमहरु हेर्ने वा थप्न तथा सर्च आइटममा केही टाइप गरेपछि त्यसलाई मिल्ने सुझावका लागि सहयोग गर्ने बुझिएको छ।

सुरक्षाका हिसाबले १पासवर्ड ८ नयाँ वाचटार ड्याशबोर्ड सहित आउँछ जसले यूजरहरुका कमजोर र जोखिमयुक्त पासवर्डहरुका साथमा एक्टिभ नरहेको टू-फ्याक्टर लग इनहरु पत्ता लगाउने गर्छ। यसबाहेक डिलिट गरिएका सामग्रीहरु रिस्टोर पनि गर्न सकिन्छ।

साथै यसमा पासवर्ड शेयरिङ फिचर पनि छ जुन कम्पनीले गत अक्टोबरमा सार्वजनिक गरेको थियो। यसबाट कार्यालयमा आफ्ना एकाउन्ट नभएका कर्मचारी र सहकर्मीलाई एउटै कामका लागि लग इन गर्न पासवर्ड बाँड्न सहज हुन्छ।

यो नयाँ भर्सन गत अगस्तमा म्याकका लागि अर्ली एक्सेस र २ महिनापछि विन्डोजका लागि उपलब्ध गराइएको हो। कम्पनीले १पासवर्ड ८ एप्पलको अपरेटिङ सिस्टम चलाउने सबैका लागि यसै वर्षको अन्त्यसम्म उपलब्ध गराउने बताएको छ।

प्रकाशित: २ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार