काठमाडौं ।
गुगलको हरेक वर्ष हुने गुगल फर इण्डिया कार्यक्रम आजदेखि भारतमा सुरु हुँदैछ। कम्पनीले यस इभेन्टमा भारतका बारेमा आफ्ना योजनाहरु शेयर गर्दै आएको छ र यस वर्ष पनि कम्पनीले यस इभेन्टमा आफ्ना नयाँ योजनाहरु राख्ने बताईएको छ।
विभिन्न भारतीय मिडिया जानकारीका अनुसार कम्पनीले नयाँ फिचरहरु पनि ल्याउन सक्नेछ।
यो गुगलको सातौं गुगल फर इन्डिया इभेन्ट हो। कोरोना अघि, यो एक फिजिकल इभेन्ट हुने गर्दथ्यो, तर हाल यो भर्चुअल मात्र आयोजित हुनेछ।यसको लाइभ स्ट्रिमिङ हेर्न सकिनेछ।
गुगल फर इन्डिया इभेन्टमा कम्पनीले यसअघि भारतमा पेमेन्ट प्लेटफर्म तेज (Tez) लन्च गर्यो, त्यसपछि यसलाई गुगल पेमा परिवर्तन गरियो। साथै, यसपटक कम्पनीले भारतीय प्रयोगकर्तालाई ध्यानमा राखी उत्पादनमा नयाँ फिचर दिनेछ। यो कार्यक्रम बिहान भारतीय समयअनुसार १० बजे देखि सुरु हुनेछ।
गुगलले पिक्सेल स्मार्टफोन भारतमा लन्च गर्नसक्ने चर्चाबिच हालसम्म पिक्सेल सिरिज भारतमा ल्याएको छैन तर कम्पनीले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्छ। जानकारीका अनुसार इभेन्टमा पनि पिक्सेल ६ सिरिज भारतमा लन्च गरिने छैन्। कम्पनीले यसअघि नै यस बारेमा जानकारी दिइसकेको छ।
कम्पनीले भन्यो, “हामी यहाँसम्म सँगै आइपुगेका छौं। यस पटक हामी थप उत्पादन अपडेटहरू, थप प्रविधि आविष्कारहरू र भारतको डिजिटल यात्रामा प्रतिबद्धताका साथ फर्कनेछौं।”
प्रकाशित: २ मंसिर २०७८, बिहीबार