२०२४ पछि बक्समा चार्जर बिना नै स्मार्टफोन मात्र उपलब्ध हुने

  • Technology Khabar | २ मंसिर २०७८, बिहीबार

काठमाडौं ।

यदि हाम्रो मोबाइल फोनको चार्जर केही समयको लागि उपलब्ध भएन भने  पनि हामी चिन्तित हुन थाल्छौं। तर, यदि हामीले तपाईलाई केही समयपछि तपाईको फोनलाई चार्जरको आवश्यकता पर्दैन भनेर बतायौं भने तपाईको प्रतिक्रिया कस्तो हुनेछ? तपाईलाई यो मजाक हो जस्तो लाग्नेछ? तर, पटक्कै त्यस्तो होइन्।

धेरै मिडिया रिपोर्टहरूका अनुसार, स्मार्टफोन कम्पनीहरूलाई २०२४ सम्म चार्जर बक्स हटाउन भनिएको छ। युरोपेली आयोगमा केही समय अघि एउटा विधेयक पारित भएको छ, जसमा अब सामान्य चार्जरले स्मार्टफोन र अन्य उपकरणमा काम गर्ने उल्लेख छ। यसले ग्राहकको खल्तीमा थप भार पर्न सक्नेछ।

युरोपेली आयोगले केहि समयअघि नै एउटै चार्जरले सबै डिभाइसहरु चार्ज गर्नसक्ने गरि विकास गर्न कम्पनीहरुलाई आदेश दिने कानून पारित गरेको थियो। जसमा यूएसबी टाइप सी चार्जरलाई आधार मान्न भनिएको थियो। त्यसैकारण एउटै चार्जरले काम गर्नसक्ने अवस्थामा बक्समा नयाँ चार्जर आवश्यक नपर्ने अपेक्षा गरिएको हो।

धेरै मिडिया रिपोर्टहरूमा दावी गरिएको छ कि सामसङ र एप्पल जस्ता कम्पनीहरूले फोन बक्सबाट चार्जर हटाउने योजना बनाएका छन्। यो नयाँ कानूनले स्मार्टफोन, ई-बुक रिडर, वायरलेस चार्जर, वायरलेस इयरबड, पोर्टेबल स्पिकर र चार्जरको मूल्यलाई असर गर्न सक्छ।

स्मरण रहोस् सामसङले ग्यालेक्सी एस२१, ग्यालेक्सी एस२१प्लस र ग्यालेक्सी एस२१ अल्ट्रा बिना चार्जर बेच्न सुरु गरिसकेको छ। यसपछि आइफोन ११ लन्च गर्दा चार्जर पनि दिइएको थियो तर आइफोन १२ मा यो फिचर हटाइएको छ । यस्तो अवस्थामा यसको प्रभाव ग्राहकमा पर्ने निश्चित छ ।

केहि वर्ष पहिले, कम्पनीहरूले मोबाइल फोनको साथ चार्जर इयरफोनलाई यस्तै प्रकारले बन्द गरेका थिए। त्यसपछि सबै कम्पनीहरूले यो प्रवृत्तिलाई पछ्याए। तर, अहिले महँगो मोबाइल फोन कम्पनीले मात्र चार्जर हटाउन थालेका छन् । आगामी दिनमा सस्तो र बजेट फोनले पनि चार्जर हटाउन छाड्छ कि छाड्दैनन् भन्ने हेर्न चाखलाग्दो हुनेछ।

प्रकाशित: २ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार