
काठमाडौं ।
ई-कमर्स जायन्ट अमेजन डट कम इंकले बेलायतमा जारी गरिएका भिसा इंक क्रेडिट कार्डमार्फत् भुक्तानी लिन बन्द गर्ने भएको छ।
ब्लूमबर्गमा आएको समाचारलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार यो नियम अमेजनले सन् २०२२ बाट शुरु गर्नेछ।
अमेजनका उपभोक्ताले बेलायत बाहिरबाट जारी भएका भिसा डेबिट कार्ड, भिसा क्रेडिट कार्ड तथा मास्टरकार्ड र एमेक्स क्रेडिट कार्ड भने प्रयोग गर्न पाउने उल्लेख गरिएको छ।
यो जानकारी कम्पनीले आफ्ना उपभोक्तालाई आधिकारिक रुपमा पठाएको हो।
केही उपभोक्ताले यसै हप्ता अमेजनबाट खरिद गरेलगत्तै उक्त जानकारी पाएका थिए। उनीहरुलाई आएको नोटिफिकेशनमा ‘सन् २०२२ को जनवरी १९ देखि हामी बेलायतमा जारी भएका भिसा क्रेडिट कार्डमार्फत् भुक्तानी लिँदैनो’ भन्ने लेखिएको बताइएको छ।
यसो गर्नुको कारण अमेजनले प्रक्रियाका क्रममा भिसाले धेरै शुल्न लिने बताएको रिपोर्टमा उल्लेख छ।
यसबारेमा अमेजन तथा भिसा दुवैले प्रतिक्रिया नदिएको रोयटर्सले लेखेको छ।
प्रकाशित: १ मंसिर २०७८, बुधबार