एक हप्तामा पब्जी न्यू स्टेट गेमको डाउनलोड गुगल प्लेस्टोरमा १ करोड नाघ्यो

  • Technology Khabar | १ मंसिर २०७८, बुधबार
एक हप्तामा पब्जी न्यू स्टेट गेमको डाउनलोड गुगल प्लेस्टोरमा १ करोड नाघ्यो

काठमाडौं ।

पब्जी न्यू स्टेट गेमको डाउनलोड सार्वजनिक भएको एक हप्ताभित्रै गुगल प्लेस्टोरमा १ करोड नाघेको छ।

दक्षिण कोरियाली कम्पनी क्राफ्टनले गत नोभेम्बर ११ का दिन पब्जी न्यू स्टेट गेमलाई एन्ड्रोइड तथा आईओएसमा सार्वजनिक गरेको थियो। यो गेम सन् २०५१ को सेटिङमा रहेको एउटा ब्याटल रोयल गेम हो।

पब्जी न्यू स्टेट गेममा सन् २०५१ को सेटिङ रहेकाले प्लेयरले त्यही सालको दुनियाको ब्याटलग्राउन्डमा लडेको अनुभव लिन सक्नेछन्। साथै यसमा नयाँ युद्धपोतको प्रयोगबाट यूजरले अझ ताजा र नाैलो अनुभव गर्न सक्ने बुझिएको छ।

यो गेमको साइज १.४ जीबी मात्र रहेकाले २ जीबी र्याम भएका फोनहरुमा पनि गेम चल्ने बताइएको छ।

पब्जी न्यू स्टेटका लागि एन्ड्रोइड ६.० मार्शम्यालो, आईओएस १३ वा त्योभन्दा माथिको ओएस भर्सन भए पुग्छ।

यही गेमको डाउनलोड १ हप्ताभित्र गुगल प्लेस्टोरमा १ करोड नाघेको हो। यस गेमका लागि घोषणा भएदेखि नै साढे ५ करोड प्रि-रजिस्ट्रेशन भइसकेको तथ्याङ्क भएकाले १ हप्तामा करोडभन्दा बढी डाउनलोड हुनुलाई आश्चर्य मान्न सकिँदैन।

यो गेम दक्षिण कोरिया, अमेरिका, जर्मनी, भा।रत तथा साउदी अरेबियालगायत १६५ मा देशमा गुगल प्लेस्टोरमार्फत् सबैभन्दा बढी डाउनलोड हुने एपको सूचीमा यो गेम १ नम्बरमा रहेको पनि दावी गरिएको छ।

सम्बन्धित समाचार

पब्जी न्यू स्टेट सार्वजनिक: एक घण्टामा ५ लाखभन्दा बढी डाउनलोड

पब्जी न्यू स्टेट गेम आगामी नोभेम्बर ११ मा सार्वजनिक हुँदै, एन्ड्रोइड र आईओएस दुवैमा चल्ने

पब्जी २ को विवरण लीक, अझै राम्रो लुक्स र एक्पेरियन्सयुक्त ग्राफिक्स उपलब्ध हुने

प्रकाशित: १ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार