इन्टरनेट बैंकिङमार्फत् कारोबार: सङ्ख्या बढ्यो, रकम घट्यो

  • Technology Khabar | १ मंसिर २०७८, बुधबार
इन्टरनेट बैंकिङमार्फत् कारोबार: सङ्ख्या बढ्यो, रकम घट्यो

काठमाडौं ।

नेपालमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या र रकमका बीच पछिल्लो एक महिनामा उल्टो प्रवृत्ति रहेको पाइएको छ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु स्थूल आर्थिक प्रतिवेदनमा असोज मसान्तसम्म इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार संख्या ३ लाख ११ हजार ५८० रहेको छ।

यो सङ्ख्या गत भाद्र मसान्तसम्म संख्या ३ लाख १ हजार १२ रहेको थियो भने श्रावण मसान्तसम्ममा ३ लाख ४० हजार ५२५ रहेको थियो।

यसरी हेर्दा एक असोज महिनाको अवधिमा नेपालमा इन्टरनेट बैंकिङ मार्फत् भएको कारोबार सङ्ख्या १० हजार हजार ५६८ ले बटेको छ।

कारोबार रकम घट्यो

कारोबार संख्यामा उल्आलेख्य वृद्धि भए पनि कारोबार रकममा भने निकै कमी आएको छ।

अघिल्लो महिना अर्थात् भाद्र मसान्तसम्म १५ अर्ब ५० करोड ४० लाख रुपैयाँको कारोबार भएकामा एक महिनाको अवधिमा झरेर १३ अर्ब ३४ करोड ४० लाख रुपैयाँमा आइपुगेको छ।

यस हिसाबले इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्यामा १० हजारभन्दा बढीले वृद्धि हुँदा पनि कारोबार रकम भने १६ करोड रुपैयाँले घटेको तथ्याङ्कले देखाएको छ।

प्रकाशित: १ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार