
काठमाडौं ।
यदि तपाइँ एन्ड्रोइड फोन प्रयोग गर्नुहुन्छ भने तपाईँले ध्यान दिनुपर्ने भएको छ।
गुगलको ससक्त सुरक्षा र कडाईपछि पनि, ह्याकरहरूले प्ले स्टोरमा कुनै न कुनै रूपमा स्थान बनाउँछन् र त्यसपछि मानिसहरूको फोनबाट डाटा चोरी गर्छन्।
हालै गुगलले प्ले स्टोरमा यस्ता ९ एन्ड्रोइड एपलाई प्रतिबन्ध लगाएको छ। यी एप्समा जोकर मालवेयर भेटिएको छ र उनीहरुले यो मालवेयरको सहयोगमा मानिसको फोन ब्रेक गरिरहेका थिए।
हालै गुगलले कारबाही गरी प्ले स्टोरबाट हटाएको ९ एप्समध्ये ७ स्मार्टफोन एप र २ स्मार्ट टिभी सम्बन्धित एप हुन् ।
यी एप्स हटाइयो-
स्मार्ट टिभीसँग सम्बन्धित एपहरु:
जोकर मालवेयर के हो?
यो धेरै खतरनाक मालवेयर मध्ये एक हो। यो कुनै पनि मोबाइल एपमा नथाहापाईकन लुक्छ र चुपचाप काम गरिरहन्छ। यसले प्रयोगकर्ताहरूको जानकारी र सहमति बिना नै मोबाइलबाट प्रिमियम सेवाहरूको सदस्यता सक्रिय गर्दछ। यसका लागि यसले डब्लूएपी (WAP) बिलिङ सेवा प्रयोग गर्दछ।
प्रकाशित: १ मंसिर २०७८, बुधबार