एप्पलले होलिडे शपिङ सिजनमा ८ करोड थान आईफोन बेच्ने विश्लेषकहरुको अनुमान

  • Technology Khabar | १ मंसिर २०७८, बुधबार
एप्पलले होलिडे शपिङ सिजनमा ८ करोड थान आईफोन बेच्ने विश्लेषकहरुको अनुमान

काठमाडौं ।

अमेरिकी टेक जायन्ट एप्पलले होलिडे शपिङ क्वार्टर अर्थात् निकै व्यस्त हुने बिदाको खरिद बिक्रीको समयमा ८ करोड थान आईफोन बिक्री गर्ने बजार विश्लेषकहरले आकलन गरेका छन्।

लगानीका क्षेत्रमा काम गर्ने बैंक वेडबशका अनुसार अनुसार आपूर्ति श्रृङ्खलामा आएको समस्याका बावजूद उक्त परिमाणमा व्यापार गर्नेछ।

विशेगगरी नोभेम्बर-डिसेम्बरमा पर्ने शपिङ होलिडेहरुमा थुप्रै अनलाइन तथा खुद्रा बिक्री केन्द्रहरुले आकर्षक छुट प्रदान गर्ने हुनाले यो बेला अन्य बेलाभन्दा धेरै परिमाणमा सामानहरु खरिद बिक्री हुँदै आएको छ।

ब्ल्याक फ्राइडे, साइबर मन्डे, स्मल बिजनेस स्याटर्डे तथा अहिले चीनमा चलिरहेको सिंगल्स डे लगायतका अवसरहरुमा सामान खरिदका लागि बिदा पनि दिइने चलन रहेको छ।

एप्पलइन्साइडरका अनुसार लगानीकर्ताहरुलाई पठाइएको एउटा नोटमा वेडबशका मुख्य विश्लेषक डेनियल आइभ्सले एप्पलको आईफोन १३ प्रो को डेलिभरी टाइम निरन्तर रुपमा बढ्दै गइरहेको छ।

यसका कारण पनि यसको माग सामान्य बेलाभन्दा १५ प्रतिशतले बढ्ने उनको अड्कल छ।

एप्पलले ब्ल्याक फ्राइडे तथा क्रिशमसका बेला ४ करोड आईफोन बेच्ने र एप्पलका लागि यो तथ्याङ्क होलिडेका बेला गरिएको कीर्तिमानी व्यापारको आँकडा हुने उनको भनाइ छ।

प्रकाशित: १ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार