भुक्तानी सेवा प्रदायक ‘खल्ती’को सीईओमा विनय खड्का नियुक्त

  • Technology Khabar | १ मंसिर २०७८, बुधबार
भुक्तानी सेवा प्रदायक ‘खल्ती’को सीईओमा विनय खड्का नियुक्त

काठमाडौं ।

नेपालको एक अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक (पीएसपी) ‘खल्ती’ ले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको घोषणा गरेको छ।

२७ वर्षको उमेरमा सिइओ पदभार लिएका उनी नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरका सीईओ भएको कम्पनीको दाबी छ।

आफ्नो क्यारियरमा खड्काले नेतृत्व भूमिकाहरूमा गहन अनुभव बटुलीसकेका छन् । उनले ‘खल्ती’को व्यवस्थापन समितिसँग मिलेर ‘खल्ती’को वित्तीय र डाटा सुरक्षालाई प्राथमिकता दिने भिजनमा काम गर्नेछन्।

खड्का भन्छन्, ‘म यस उद्योगलाई थप सुविधा र सहजताको साथ व्यक्तिगत वित्तीय व्यवस्थापन प्लेटफर्ममा परिणत गरि भुक्तानीको लागि मात्र प्रयोग हुने दायरा भन्दा बाहिर लग्न चाहन्छु।’

सीईओ नियुक्तिको अवसरमा कम्पनीमा अभिन्न भूमिका निर्वाह गर्दै आएका ‘खल्ती’का चारैजना सह संस्थापक तथा निर्देशकहरुले आआफ्नो सामाजिक सञ्जालमा यसबारे लेखेका छन्।

कम्पनीका सह संस्थापक तथा निर्देशक अमित अग्रवालले भने “खल्ती अहिलेको सन्दर्भमा नविन, युवामैत्री तथा प्रचलित ब्रान्ड हो जसमा हामी २६ वर्षको औसत उमेरका संख्यामा २३० भन्दा धेरै रहेका छौं। ‘खल्ती’ मा नयाँ लिडर सँगै ‘खल्ती’ नयाँ उँचाइ मा पुग्नेछ भन्नेमा हामी विश्वस्त छौं। सम्पूर्ण खल्ती परिवार उनको साथमा काम गर्न उत्सुक छन् ।”

प्रकाशित: १ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...