आजदेखि विद्युतीय राहदानी जारी गरिने, यस्तो छ नयाँ पासपोर्टका विशेषताहरु

  • Technology Khabar | १ मंसिर २०७८, बुधबार
आजदेखि विद्युतीय राहदानी जारी गरिने, यस्तो छ नयाँ पासपोर्टका विशेषताहरु

काठमाडौं ।

आजदेखि विद्युतीय राहदानी अर्थात् इ–पासपोर्ट जारी गर्दै छ। बुधवार दिउँसो एक कार्यक्रमका बिच राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ।

हाल दिईने विभिन्न ६ किसिमका मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई प्रतिस्थापन गर्दै राहदानी विभागले अब विद्युतीय (इलेक्ट्रिक) पासपोर्ट जारी गर्न लागेको हो।

नयाँ पासपोर्ट मंसिर १५ गतेदेखि भने पूर्ण रूपमा जारी गरिने उनले बताए।

अब जारी गरिने पोलिकार्बोनेटसहितको इ–पासपोर्ट हो। यसमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ। चिपमा औंठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरण राखिन्छन्।

ई–पासपोर्ट एमआरपीभन्दा गुणस्तरीय र भरपर्दो हुनुका साथै उच्च प्रविधिको प्रयोग गरिएको हुन्छ । यसमा मोबाइलको सिमजस्तै सानो विद्युतीय चिपको प्रयोग हुन्छ। उदाहरणको लागि हाल प्रयोगमा रहेको स्मार्ट लाइसेन्समा भएको जस्तै चिपको प्रयोग गरिएको हुन्छ।

सो चिपमा व्यक्तिगत विवरणसहित बायोमेट्रिक तथ्यांक पनि राखिएको हुन्छ, जसले गर्दा कम्प्युटरले सजिलै रिड गर्न सक्छ। बायोमेट्रिक तथ्यांकका कारण राहदानीको दुरुपयोग हुने समस्या कम हुन्छ। यसको ‘सेक्युरिटी फिचर’ पनि कडा हुने गर्दछ ।

ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छ। ६४ पृष्ठको ई–पासपोर्टमा पहिलो र अन्तिम कभरको भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा हुनेछ।

त्यसै गरी, पहिलो पृष्ठमा भने सगरमाथा, दोसोमा पोलिकार्बोनेट डाटा, तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौ पृष्ठमा एकसिंगे गैंडाको तस्वीर रहने बताइएको छ।

प्रकाशित: १ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...