विद्युतीय सवारी साधनको प्रयोग बढाउन प्रधानमन्त्रीको आग्रह

  • Technology Khabar | ३० कार्तिक २०७८, मंगलवार
विद्युतीय सवारी साधनको प्रयोग बढाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय सवारी साधनको विकल्प नभएको बताएका छन् । मंगलबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को १९ र २० औं वार्षिक साधारणसभामा आफ्नो धारणा राख्दै उनले अब पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनभन्दा पनि विद्युतीय सवारी साधनलाई बढाउनु पर्ने बताएका हुन्।

प्रधानमन्त्रीले अब विस्तारै सबैले इलेक्ट्रिक भेहिकल खरिद गर्नुपर्ने र प्रयोग गर्नुपर्ने बताए ।

‘हामीले ग्याँसको चुल्हो किन किन्ने ? डिजेल पेट्रोलको सवारी साधन किन किन्ने ? अब हामी सबैले इलेक्ट्रिक चुल्हो र विदुतीय गाडी चलाऔं, पेट्रोलबाट चल्ने सवारी साधनले काठमाडौंमा धुलो धुवाँ बढ्यो, अब सबैले विद्युतीय सवारी साधनमा नजानुको विकल्प छैन,’ उनले भने।

उनले विद्युतको खपत बढाउनका लागि पनि विभिन्न कार्यमार्फत प्रयोग बढाउनु पर्ने बताए । प्रधानमन्त्रीले देशमा उर्जाको विकास गर्न समेत सहजीकरण गर्ने स्पष्ट पारे ‘भारतले बिजुली किनेन भने के गर्ने? उसले सधैं किन्छ भन्ने पनि छैन, हामीले उत्पादन गरेको बिद्युत हामी आफैंले खपत गर्न सक्नुपर्छ, देशमै बिद्युत खपत हुने वातावरण हामी आफैंले सिर्जना गर्नुपर्छ, त्यसका लागि के नीति आवश्यक पर्छ ? के सहुलियत दिनु पर्छ? सरकार तयार छ,’ उनले भने ।

प्रकाशित: ३० कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार