विन्डोज र म्याकओएसका लागि नयाँ एपमा काम गर्दै ह्वाट्सएप

  • Technology Khabar | ३० कार्तिक २०७८, मंगलवार
विन्डोज र म्याकओएसका लागि नयाँ एपमा काम गर्दै ह्वाट्सएप

काठमाडौं ।

ह्वाट्सएपले विन्डोज तथा म्याकओएसका लागि नयाँ एपमा काम गर्दै गरेको खुलेको छ। विशेषगरी मोबाइलका लागि बनाइएको यो मेसेजिङ एप केही समययता डेस्कटप कम्प्युटरमा पनि चल्ने गरी उपलब्ध गराइएको छ।

इटलीको एउटा स्रोतका अनुसार कम्पनीले विन्डोज र म्याकओएसका लागि पूर्णरुपमा नयाँ एप्लिकेशन बनाइरहेकाले हालको अल्गोरिदम भविष्यमा परिवर्तन हुनेछ।

अग्गिओर्नामेन्ति लुमिया नामको वेबसाइटमा हालै आउँदै गरेको नयाँ सफ्टवेयर कस्तो हुनेछ र यसका फिचर के के हुनेछन् भनेर स्क्रीनशट तथा जीआईएफ फोटोहरु पोस्ट गरिएको छ।

एक्सबक्समा समेत एप प्रयोग गर्न मिल्ने ह्वाट्सएप यूडब्लूपी अर्थात् यूनिभर्सल विन्डोज प्रोग्राम विन्डोज ११ सँग तादात्म्य राख्नेगरी डिजाइन गरिने बुझिएको छ। यसका प्यानलहरु अर्धपार्दर्शी रहनेछन्।

यसले बन्द गरेको बेलामा पनि काम गर्ने, नोटिफिकेशन दिने र केही सेकेन्डमै खोल्न सकिने जनाइएको छ।

यसमा ड्रइङ फिचर उपलब्ध हुने र यो फिचर टच स्क्रीन डिस्प्ले भएका डिभाइसहरुका लागि निकै उपयोगी हुने लुमियामा उल्लेख गरिएको छ। यसको सेटिङ जनरल, च्याट, एकाउन्ट, नोटिफिकेशन, स्टोरेज तथा हेल्प गरी छ समूहमा बाँडिएको हुनेछ।

विबिटाइन्फोका अनुसार यसको नयाँ भर्सन म्याकओएसमा पनि उपलब्ध हुनेछ।

प्रकाशित: ३० कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार