
काठमाडौं ।
स्याटेलाइटका विस्फोट भएका टुक्राटाक्रीका कारण सुरक्षा खतरालाई मध्यनजर गर्दै अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसका अन्तरिइयात्रीहरुले हालै आफैं गएको क्याप्सुलमा समय बिताउनुपरेको छ।
सोमबार आईएसएस अर्बिटल डेब्रि अर्थात् अक्षमा रहेका स्याटेलाइटका रहलपहलको थुप्रो नजिकबाट गुज्रिएको बेला स्याटेलाइट विस्फोट भराइएका कारण आईएसएसका अन्तरिक्षयात्रीहरुले आफैं यात्रा गरेको यानमै सुरक्षा शरण लिनुपरेको हो।
अन्तरराष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार यूएस स्पेस कमान्डले बिहानै अन्तरिक्षमा रहेका ती फोहरहरुको ट्र्याक गर्न शुरु गरेको थियो।
अमेरिकी स्टेट डिपार्टमेन्टले रुसले लो अर्थ अर्बिटमा स्याटेलाइटविरोधी हतियार अर्थात् एन्टि स्याटेलाइट वेपनको परीक्षण गरेका कारण उक्त स्थिति आएको सुनिश्चित गर्दै यसको भर्त्सना पनि गरेको छ।
The U.S. State Department confirms and condemns that Russia conducted an anti-satellite weapon (ASAT) test in low Earth orbit.
Full statement: pic.twitter.com/2WIUuWV6Mh
— Michael Sheetz (@thesheetztweetz) November 15, 2021
आईएसएसमा हाल रहेका एकजना अमेरिकी, एक जर्मन तथा दुई रुसी अन्तरिक्षयात्रीले अझै थुप्रै दिन सतर्क रहनुपनर्ने नासाले जनाएको छ।
अन्तरिक्षयात्री मार्क भ्यान्डेले नासा मिसन कन्ट्रोललाई आफूहरुलाई उपलब्ध गराइएको परिस्थितिजन्य जानकारीका कारण आफूहरु सुरक्षित हुन सकेको भन्दै त्यसको प्रशंसा गरे।
अमेरिकी स्टेट डिपार्टमेन्टले रुसले आफ्नो पुरानो स्याटेलाइट ध्वस्त पार्न क्षेप्यास्त्र प्रहार गरेको र उक्त प्रहारबाट कमसेकम १५ सयजति टुक्राहरु सिर्जना गरेको आरोप लगाएको छ।
डिपार्टमेन्टले रुसको यो कदमको जवाफ दिन आफ्ना हितैषीहरुसँग छलफल गर्ने बताएङ्को रोयटर्सले उल्लेख गरेको छ। तर रुसले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन।
प्रकाशित: ३० कार्तिक २०७८, मंगलवार