होन्डाद्वारा आफ्नो नयाँ ‘अटोनोमस वर्क भेहिकल’ प्रदर्शन

  • Technology Khabar | ३० कार्तिक २०७८, मंगलवार
होन्डाद्वारा आफ्नो नयाँ ‘अटोनोमस वर्क भेहिकल’ प्रदर्शन

काठमाडौं ।

जापानी अटोमोबाइल कम्पनी होन्डाले हालै आफ्नो नयाँ स्वायत्त रुपमा सञ्चालन हुने सवारी साधनको प्रदर्शन गरेको छ।

सीईएस २०१८ मा कम्पनीले थुप्रै कम्पानियन मोबिलिटी रोबोट कन्सेप्टको घोषणा गरेकोमा तीमध्ये एउटा कार्यान्वयनमा ल्याउने भएको हो।

होन्डा तथा इन्जिनीयरिङ कम्पनी ब्ल्याक एन्ड भिचको सहकार्यमा होन्डाको सोलर प्यानल बनाउने क्षेत्रमा दोस्रो जेनेरेशनको अटोनोमस वर्क भेहिकल अर्थात् एडब्लूभीको निर्माण गर्न लागेको हो।

यो थुप्रै एडब्लूभीहरुम समावेश भएको पहिलो स्थालगत परीक्षण हो।

उक्त सवारीले १ हजार एकड क्षेत्रफलमा रहेको क्षेत्रमा ट्रेलरलाई तानेर निर्माण सामग्री, पानी तथा अन्य सामग्रीहरु आपूर्ति गरेको थियो।

एउटा एडब्लूभीले ३३९ किलोग्राम तोलसम्म बोक्न सक्ने साथै ७५० किलोग्राम तोलयुक्त ट्रेलरलाई तान्न सक्ने क्षमता राख्दछ।

एडब्लूभीसम्बन्धी एउटा भिडियोमा ब्ल्याक एन्ड भिचका एक कर्मचारीले उक्त सवारीलाई १ हजार एकडको क्षेत्रमा घुम्न थोरै समयमात्र लाग्ने बताएका छन्।

यस हिसाबले विभिन्न सामग्री लोड गरेर क्षणभरमै अर्को ठाउँमा पुर्याउन सक्ने यो क्षमताका कारण काम गर्न पनि सजिलो हुने र कर्मचारीको समय पनि बचत गर्ने हुनाले उनीहरुले बचेको समय अन्य उत्पादक काममा लगाउन सक्ने बताइएको छ।

यी सवारीमा न्याभिगेशन र रिमोट मनिटरिङका लागि जीपीएस, राडार तथा लाइडार र थ्रीडी क्यामरालगायतका थुप्रै सेन्सरहरु प्रयोग गरिएका छन्। होन्डाले अधिकतम तोल राखेर पनि यी सवारीले २७.९ माइलसम्म चल्न सक्ने बताएको छ।

प्रकाशित: ३० कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...