एलजीले नेपाली बजारमा ल्यायो यूपी सिरिजको यूएचडी टीभी

  • Technology Khabar | २९ कार्तिक २०७८, सोमबार
एलजीले नेपाली बजारमा ल्यायो यूपी सिरिजको यूएचडी टीभी

काठमाडौं ।

एलजी ब्राण्डको आधिकारिक बिक्रेता सीजी इम्पेक्सले नेपाली बजारमा एलजी उत्पादित नयाँ यूपी सिरिजको यूएचडी टीभी ल्याएको छ। इम्पेक्सले एलजीको यूएचडी टीभी श्रेणीका ५०, ५५, ६५ र ७५ इन्चको टीभी नेपाली बजारमा ल्याएको हो।

यूएचडी टीभी श्रेणीमा नेपालकै नम्बर १ टीभी ब्राण्डमा आफुलाई स्थापना गरेको एलजीले नयाँ मोडेलको टीभीहरू नेपालमा ल्याएको जानकारी दिएको छ ।

यस टीभीमा रियल फोरके डिस्प्लेसँगै तीन साइड सिनेमा स्क्रीन डिजाइनका साथै क्वाड कोर प्रोसेसर फोरके, वेभ ओएस ६० अपरेटिङ सिस्टम, आइपीएस प्यानल फोरके, एचजीआइजी मोड, अटोलो ल्याटेन्सी मोड (एएलएलएम) गेम अप्टिमाइजर, एआई ब्राइटनेस, एआई साउण्ड, एचडीआर टेक्नोलोजी (एचडीआर १० एचएलजी) फिल्ममेकर मोड, म्याजिक मोसन रिमोट कन्ट्रोल (एमएमआरसी) स्पोर्टस अलर्टजस्ता थुप्रै विशेषताहरू रहेको छ ।

यस टिभीमा रहेको एलजी थिङक्यु एआई टेक्नोलोजीले व्यवस्थित अनुभव प्रदान गर्ने र एमेजोन ऐलेक्सा, गुगल असिस्टेन र एप्पल एयर प्लेय २ सँगै होमकिट जस्ता विशेषताहरू पनि रहेको कम्पनीले जानकारी दिएको छ। एप्पल एयर प्लेय २ को मद्दतले आफ्नो आइफोनबाट सीधै स्क्रिन सेयर र मिरर गर्न मिल्छ।

गुगल असिस्टेन्टको मद्दतले टीभीलाई आफ्नो आवाजबाटै नियन्त्रण गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २९ कार्तिक २०७८, सोमबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २९ कार्तिक २०७८, सोमबार

NOC from Nagarik App

  • २९ कार्तिक २०७८, सोमबार

E-pension verification system launched

  • २९ कार्तिक २०७८, सोमबार