नासाको आर्टेमिज १ मिसनमा किन चन्द्रमामा पठाइँदैछ कमिकको चर्चित पात्र ‘स्नूपी’?

  • Technology Khabar | २९ कार्तिक २०७८, सोमबार
नासाको आर्टेमिज १ मिसनमा किन चन्द्रमामा पठाइँदैछ कमिकको चर्चित पात्र ‘स्नूपी’?

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चर्चित कमिक स्ट्रिप पिनट्सको लोकप्रिय पात्र स्नूपीलाई आफ्नो पहिलो आर्टेमिज मिसनमार्फत् चन्द्रमामा पठाउने भएको छ।

नासाले यो मिसन आगामी सन् २०२२ को शुरुवातमा पठाउने योजना बनाएको छ।

स्नूपी सन् १९६९ मा स्वर्गीय चार्ल्स एम स्कल्जले बनाएको कमिक स्ट्रिप पिनट्समा चन्द्रमामा पुग्ने पहिलो कुकुरको प्रजाति बनेको थियो।

पहिलोपटक बनाइएको ६० वर्षपछि यो पात्रले अब भने यथार्थमै चन्द्रमामा पुग्ने भएको हो।

सामान भरिएको स्नूपीले ओरियन अन्तरिक्षयान चन्द्रमाको वरिपरी घुम्दै गर्दा शून्य गुरुत्वाकर्षण सूचकको रुपमा रहने बताइएको छ।

आर्टेमिज १ नासाको अन्तरिक्ष खोजी प्रणालीको परीक्षणका लागि एउटा मानवरहित मिसनका रुपमा प्रक्षेपण गरिनेछ।

यो मिसनमा जाँदा स्नूपीलाई नासाको ओरियन क्रू सर्भाइभल सिस्टम सुट लगाइने एजेन्सीले जनाएको छ।

सुन्तला रंगको यो सुटको सानो भर्सन आगामीआर्टेमिसज मिसनहरुमा अन्तरिक्षयात्रीहरुले लगाउने पोशाककै कपडाबाट बनाइएको छ।

नासाले उक्त पोशाक लगाएको स्नूपीको फोटो हालै ट्विटरमा शेयर गरेको छ जसमा क्याप्शन लेखिएको छ, ‘अन्तरिक्षयात्री स्नूपी अन्तरिक्षका लागि नाैलो छैन।’

प्रकाशित: २९ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २९ कार्तिक २०७८, सोमबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २९ कार्तिक २०७८, सोमबार

NOC from Nagarik App

  • २९ कार्तिक २०७८, सोमबार

E-pension verification system launched

  • २९ कार्तिक २०७८, सोमबार