चिप अभावले विश्वको विश्वको अटो क्षेत्रलाई कत्तिको प्रभाव पारिरहेको छ?

  • Technology Khabar | २९ कार्तिक २०७८, सोमबार
चिप अभावले विश्वको विश्वको अटो क्षेत्रलाई कत्तिको प्रभाव पारिरहेको छ?

काठमाडौं ।

गत वर्षदेखि वैश्विक रुपमा भइरहेको सेमिकन्डक्टर चिपको अभावले प्रविधि, अटोलगायतका धेरै क्षेत्रमा नकारात्मक प्रभाव पारिरहेको छ।

विश्वमै कोरोना महामारी शुरू हुनु अगाडिसम्म अटो निर्माताहरुका आपूर्ति श्रृङ्खला सामान्यरुपमा चलिरहेको भए पनि त्यसयता भने नराम्ररी गडबडी छाएको छ।

चिप तथा पार्टपुर्जा अभावका कारण स्मार्टफोन, कार, होम एप्लायन्सलगायतको उत्पादनमा विश्वभरी नै कमी आएको छ भने यस्ता उत्पादक कम्पनीहरुले करोडो डलर आम्दानी गुमाएका छन्।

यीमध्ये अटो क्षेत्रको कुरा गर्दा सामान्य अवस्थामा उपलब्धताका हिसाबले सबैले आफूलाई मन पर्ने गाडीहरु किन्न सक्ने स्थिति थियो भने अहिले मानिसहरु हातमा पैसा लिएर पनि मनपर्दो गाडीहरु कहिले आउला भने कुरेर बस्नुपर्ने भएको छ।

यसबाहेक जति जति चिपको अभाव हुँदै गयो त्यति त्यति माग पनि बढ्दै गइरहेको पाइएको छ। यसो हुनुको मुख्य कारण हिजोआज प्रयोग हुने लगभग सबै खाले डिभाइसहरुमा चिप अपरिहार्य जस्तै भइसकेको छ।

होम एप्लायन्स, कम्प्युटर, गेमिङ कन्सोल तथा फोनलगायतका डिभाइसमा चिप अपरिहार्य भइसकेको छ।

अमेरिकाको कोलोराडो स्टेट यूनिभर्सिटीमा फ्याकल्टी अफ बिजनेसका प्राध्यापक सुज़न गोलिकिक भन्छिन्, ‘सेमिकन्डक्टर उद्योग यो अत्यधिक बढेको माग पूरा गर्ने कोशिस गरिरहेको छ।’

स्थिति निकै गम्भीर छ

गोलिकिकका अनुसार चिप्स उपलब्ध नभएका कारण कार निर्माता कम्पनीले कुन गाडी बनाउने र कुन गाडीको उत्पादन तत्कालका लागि रोक्ने भनेर योजना बनाउनुपरेको छ।

केही कार निर्माता कम्पनी एसयूभी, ट्रक तथा लक्जरीजस्ता धेरै नाफा हुने मोडलका गाडीहरुमात्र निर्माण गरिरहेका छन्।

विश्लेषकहरुका अनुसार अटो क्षेत्रको स्थिति निकै नाजुक बनेको छ। हार्भर्ड यूनिभर्सिटी बिजनेस स्कूलका प्राध्यापक विली शिहले बीबीसी मुन्डोलाई बताए अनुसार चिप अभावका कारण अटोमोटिभ उद्योगसँग सम्बन्धित आपूर्ति श्रृङखलामा निकै असर परेको छ।

शिह भ्नछिन्, ‘यसको असर कार निर्माता कम्पनीसँग सम्बन्धित सबैखाले उद्योगमार्फत् उपलब्ध हुने रोजगारीको अवसरमा पनि परेको छ।’

प्रकाशित: २९ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २९ कार्तिक २०७८, सोमबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २९ कार्तिक २०७८, सोमबार

NOC from Nagarik App

  • २९ कार्तिक २०७८, सोमबार

E-pension verification system launched

  • २९ कार्तिक २०७८, सोमबार