प्रेस काउन्सिलले पत्रकारलाई इन्टरनेट जोड्न अनुदान दिने, मिडियाहरुले ल्यापटप र क्यामरा पाउने

  • Technology Khabar | २९ कार्तिक २०७८, सोमबार
प्रेस काउन्सिलले पत्रकारलाई इन्टरनेट जोड्न अनुदान दिने, मिडियाहरुले ल्यापटप र क्यामरा पाउने

काठमाडौं ।

प्रेस काउन्सिल नेपालले पत्रकार तथा संचारमाध्यमहरुलाई ल्यापटप, क्यामरा तथा इन्टरनेट सेवाको लागि सहयोग गर्ने भएको छ।

प्रेस काउन्सिलले हालै सूचना प्रकाशित गर्दै संचार माध्यमहरुलाई मिडिया विकास कोषमार्फत विभिन्न जिल्लामा सहयोग उपलब्ध गराउने भएको हो ।

यसअन्तरगत ल्यापटप खरिदमा ४० प्रतिशत अनुदान दिईनेछ भने क्यामरा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ।

सूचनाअनुसार ल्यापटप २० जिल्लाका एक/एक संचारमाध्यमहरुलाई दिईने छ भने क्यामरा खरिद अनुदान ५ जिल्लामा एक /एक संचारमाध्यमले प्राप्त गर्नेछन्।

प्रेस स्थापनाका लागि र रेडियो स्थापनाका लागि समेत २ ओटा संस्थालाई सहयोग अनुदान उपलब्ध गराउने भएको छ।

यस बाहेक प्रेस काउन्सिलले १४ जना पत्रकारहरुलाई इन्टरनेट सुबिधा बापतको अनुदान रकम दिने भएको छ। यसरी प्रत्येक प्रदेशबाट २ जनाको दरले अनुदान रकम उपलब्ध गराईने बताईएको छ।

प्रेस काउन्सिलले लेखनवृत्ति र स्नातकोत्तर तहमा सोधपत्र लेखनका लागि समेत पत्रकारहरुलाई अनुदान सहयोग दिने भएको हो ।

तर यस्तो सहयोग प्राप्त गर्नका लागि एक पत्रकार वा सञ्चारगृहले एउटा अनुदानको लागि मात्र आवेदन दिन पाईनेछ भने स्थानिय सञ्चारमाध्यम, दुर्गम भेग र यसअघि अनुदान नपाएका जिल्लाहरुलाई प्राथमिकता दिईने बताईएको छ।

प्रकाशित: २९ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...