११.११ मा ३० मिनेटभित्र शाओमीको वेयरेबल डिभाइस २० लाख थान बिक्री

  • Technology Khabar | २९ कार्तिक २०७८, सोमबार
११.११ मा ३० मिनेटभित्र शाओमीको वेयरेबल डिभाइस २० लाख थान बिक्री

काठमाडौं ।

चिनियाँ ब्रान्ड शाओमीको स्मार्टवातच तथा ब्यान्डलगायतका वेयरेबल डिभाइसहरु ११.११ का बेला ३० मिनेटभित्र २० लाख थान बिक्री भएका छन्।

हालै क्यानालिसिसले निकालेको एक रिपोर्ट अनुसार कम्पनीले यो वर्षको दोस्रो त्रैमासमा एप्पललाई उछिन्दै विश्वकै शीर्ष वेयरेबल ब्रान्ड बन्न सफल भएको थियो।

कम्पनीले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार ११.११ इभेन्टका क्रममा ३० मिनेटभित्रै २० लाख थान वेयरेबल डिभाइस बिक्री गरेको हो।

जिंगाडन डट कममा रेडमी वाच २, एमआई र्याबिट चिल्ड्रेन्स फोन वाच फाइभसी, एमआई वाच कलर२ लगायतका शाओमीका सबैभन्दा लोकप्रिय वेयरेबल डिभाइसहरु बिक्री भएका थिए।

तीमध्ये रेडमी वाच २ कम्पनीले अक्टोबरमा सार्वजनिक गरेको नयाँ डिभाइस हो। यो स्मार्टवाच उक्त अनलाइन साइटमा ५३ डलरमा बिक्रीमा राखिएको थियो।

यो डिभाइसमा १.६ इन्चको एमोलेड डिस्प्लेका साथमा एनएफसी तथा ५एटीएम वाटर रेजिस्टेन्स फिचर पनि उपलब्ध छ।

यसमा ब्लड अक्सिजन तथा २४ सै घण्टा मुटुको चाल थाहा पाउने सेन्सर राखिएको छ। यसबाहेक ११७ स्पोर्ट्स मोड भएको यो डिभाइसमा १२ दिनसम्म ब्याकअप दिने ब्याट्रट्ठ राखिएको कम्पनीले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार