सामसङले अर्को वर्ष ५२ मोडेलका स्मार्टफोन सार्वजनिक गर्ने

  • Technology Khabar | २९ कार्तिक २०७८, सोमबार
सामसङले अर्को वर्ष ५२ मोडेलका स्मार्टफोन सार्वजनिक गर्ने

काठमाडौं ।

सामसङले आउँदो वर्ष ५२ ओटा मोडलमा स्मार्टफोन सार्वजनिक गर्ने बताएको छ।

कम्पनीले हालै ग्यालेक्सी जेड फ्लिप तथा जेड फोल्ड ३ सहितका सबैभन्दा बढी फोल्डेबल फोन उत्पादन गरेको कीर्तिमान कायम गरेको थियो।

कम्पनीले दक्षिण कोरियामा मात्रै १० लाख थानभन्दा बढी बिक्री गरेको थियो।

हालैका रिपोर्टहरु अनुसार सामसङले ७० लाख थान आफ्नो तेस्रो जेनेरेशनको फोल्डेबल स्मार्टफोन बिक्री गर्ने लक्ष्य लिएको छ।

यो वर्षको लक्ष्य ७० लाख स्मार्टफोनको बिक्री रहेकामा आउँदो वर्षको लक्ष्य भने अझ महत्वाकांक्षी रहेको छ।

कम्पनीको उद्देश्य सन् २०२२ को तेस्रो र चाैथो त्रैमासमा १ करोड ग्यालेक्सी जेड फ्लिप ४ तथा जेड फोल्ड ४ उत्पादन गर्ने रहेको बुझिएको छ। यसबाट कम्पनीले कम्तीमा १ करोड फोल्डेबल फोन बेच्ने लक्ष्य राखेको प्रस्ट हुन्छ।

यसै गरी कम्पनीले २०२२ भरिमा ३ करोड ८० लाख थान ग्यालेक्सी एस२२ सिरिजका स्मार्टफोन उत्पादन गर्ने बताएको छ। यस्तै ग्यालेक्सी एस२१ एफई ९० लाख थान तथा ग्यालेक्सी ए सिरिजमा ए१३, ए३३ फाइभजी र ए५३ फाइभजीका समग्र ७ करोड ८० लाख थान उत्पादन गर्ने लक्ष्य लिएको छ।

एजेन्सीका साथमा

प्रकाशित: २९ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार