
काठमाडौं ।
एनएमबि बैंकले नेपाल मै पहिलो पटक भिडियो कलमार्फत बैंक खाता खोल्न सकिने सुविधा ल्याएको छ। बैंकले एआईमा आधारित रहेको यो सेवा मार्फत ग्राहकले एक भिडियो कलको आधारमा ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने जनाएको छ।
नेपाली बैंकिङ्ग जगतमै शुरुदेखी अन्त्यसम्म पुर्ण डिजिटलरुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने आफु पहिलो बैंक भएको एनएमबिले जानकारी दिएको छ।
नयाँ सुबिधाका साथमा ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरारअपडेट गर्न सक्ने बैंकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
vcc.nmb.com.np मा गई खाता खोल्न सकिने बैंकले उल्लेख गरेको छ ।
“एनएमबिले ग्राहकहरूको लागी नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ। ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दा माथी उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्दछन । हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी चैकिङ्ग कारोवार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्याल बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैकिङ्ग प्रति प्रतिबद्धता परिपूर्ति गर्नुरहेको छ”, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसैबीच बैंकले कलाकार पल शाहलाई ब्राण्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको समेत जानकारी दिएको छ।
प्रकाशित: २८ कार्तिक २०७८, आईतवार