
काठमाडौं ।
माछापुच्छ्रे बैंकले एमबिएल कार्डलेस विथड्रल सेवा संचालनमा ल्याएको छ। बैंकले डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले उक्त सेवा संचालनमा ल्याएको जनाएको छ।
यो सेवामा हाल डेबिट कार्ड प्रयोग गरी एटिएमबाट रकम झिक्दै आएका माछापुच्छ्रे बैंकका ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रल अप्सनमा गई बैंकको एटिएमहरुबाट सिधै नगद झिक्न सक्ने बताईएको छ।
यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आफ्ना ग्राहकहरूलाई अनुरोध गरेको छ।
प्रकाशित: २८ कार्तिक २०७८, आईतवार