मोबाइलमा सबैभन्दा बढी समय बिताउने देशमा इन्डोनेसिया पहिलो नम्बरमा

  • Technology Khabar | २८ कार्तिक २०७८, आईतवार

काठमाडौं ।

दैनिक मोबाइल फोनमा सबैभन्दा धेरै समय बिताउने प्रयोगकर्ता भएका देशको सूचीमा इन्डोनेसिया पहिलो नम्बरमा परेको छ।

मोबाइल एप विश्लेषण कम्पनी एप एनीको एक रिपोर्टमा हालै यस्तो जानकारी बाहिर आएको हो।

रिपोर्टअनुसार पहिलो नम्बरमा परेको इन्डोनेसियामा प्रयोगकर्ताहरु दैनिक साढे ५ घण्टा मोबाइल चलाउने गर्छन्। यो सूचीमा ५.४ घण्टाको आँकडासहित ब्राजिल दोस्रो नम्बरमा परेको छ।

यसैगरी तेस्रो नम्बरमा रहेको दक्षिण कोरियामा मानिसहरु दैनिक औसत ५ घण्टा मोबाइल चलाउने रिपोर्टमा उल्लेख छ।

यो सूचीको चोथाैं र पाँचाैं नम्बरमा क्रमश भारत र मेक्सिको परेका छन् भने यी दुवै देशका प्रयोगकर्ताले दैनिक ४.८ घण्टा मोबाइल चलाउने प्रतिवेदनले देखाएको छ।

एसियाकै अर्को देश जापान पनि ४.८ घण्टाको आँकडासहित छैटाैं नम्बरमा परेको छ। यसैगरी सूचीको सातो नम्बरमा रहेको क्यानडामा दैनिक ४.४ घण्टा मोबाइलमा बिताउने पाइएको छ।

रुसका प्रयोगकर्ताहरुले क्यानडाको भन्दा केही कम समय चलाउने देखिएको छ। यहाँका मानिसहरुले दैनिक औसत ४.३ घण्टा मोबाइलमा समय बिताउने प्रतिवेदनमा उल्लेख छ।

यो सूचीको नवाैं र दशैं नम्बरमा परेका अमेरिका र टर्कीमा मानिसहरुले समान् अर्थात् ४.२ घण्टा मोबाइललाई समय दिने तथ्य एप एनीको विश्लेषणमार्फत् जानकारीमा आएको छ।

प्रकाशित: २८ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार