टेस्लाको ‘पूर्ण स्वचालित’ बिटा मोडमा रहेको कार क्यालिफोर्नियामा दुर्घटनापछि गम्भीर रुपमा क्षतिग्रस्त

  • Technology Khabar | २८ कार्तिक २०७८, आईतवार
टेस्लाको ‘पूर्ण स्वचालित’ बिटा मोडमा रहेको कार क्यालिफोर्नियामा दुर्घटनापछि गम्भीर रुपमा क्षतिग्रस्त

काठमाडौं ।

टेस्लाको एउटा पूर्ण स्वचालित बिटा मोडमा रहेको मोडेल वाइ कार हालै क्यालिफोर्नियामा दुर्घटना हुँदा गम्भीर रुपमा क्षतिग्रस्त भएको छ।

गत नोभेम्बर ३ मा लस एञ्जल्सको दक्षिणपूर्वी शहर ब्री मा कम्पनीको निकै विवादास्पद फिचर प्रयोग गरेपछि पहिलोपटक उक्त दुर्घटना भएको बताइएको छ। उक्त दुर्घटनामा कोही घाइते नभए पनि कार भने गम्भीर रुपमा क्षतिग्रस्त भएको छ।

उक्त दुर्घटनाको जानकारी नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनलाई गराइएको थियो। यो दुर्घटनाले टेस्लाको अटो पाइलट प्रणालीलाई नै थुप्रै प्रकारको अनुसन्धानमा तान्ने बुझिएको छ।

यो दुर्घटना कुनै मोडेल वाइको धनीले गराएको बुझिए पनि उक्त राजमार्ग प्रशासनका प्रवक्ताले यसबारेमा तत्काल कुनै प्रतिक्रिया नदिएको द भर्जले उल्लेख गरेको छ।

यो दुर्घटना कुनै मोडेल वाइको धनीले गराएको बुझिए पनि उक्त राजमार्ग प्रशासनका प्रवक्ताले यसबारेमा तत्काल कुनै प्रतिक्रिया नदिएको द भर्जले उल्लेख गरेको छ।

दुर्घटना हुँदा उक्त गाडी एफएसडी अर्थात् फुल सेल्फ ड्राइभ बिटा मोडमा रहेको बायाँ तर्फ मोड्ने क्रममा गलत लेनमा पुगेपछि उताबाट आएको कारले आफ्नो कारमा ठोक्किएको कारधनीले रिपोर्टमा उल्लेख गरेका छन्।

मोड्दै गर्दा गाडीले केही संकेत दिएकाले आफूले अर्को लेनमा जानबाट जोगाउन खोजेको तर कार आफैंले नियन्त्रण गर्न खोजेकाले त्यसभित्र रहेका सबैजना जोखिममा परेका उनले बताएका छन्। उक्त कार ड्राइभरको साइडमा नराम्ररी क्षति भएको उल्लेख छ।

प्रकाशित: २८ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार