वनप्लस, ओपो तथा रियलमीको आउँदै गरेका यी फोनले १२५ वाट चार्जिङ सपोर्ट गर्ने

  • Technology Khabar | २८ कार्तिक २०७८, आईतवार
वनप्लस, ओपो तथा रियलमीको आउँदै गरेका यी फोनले १२५ वाट चार्जिङ सपोर्ट गर्ने

काठमाडौं ।

आगामी वर्ष अर्थात् सन् २०२२ मा ओपो, भिभो तथा रियलमीजस्ता चिनियाँ स्मार्टफोन ब्रान्डहरुले १२५ वाट चार्जिङ प्रविधि सपोर्ट गर्ने स्मार्टफोन ल्याउने भएका छन्।

ओपोले आफ्नो फाइन्ड एक्स४ सिरिजको फोनमा आउँदो वर्ष वायर्ड १२५ वाटको चार्जिङ प्रविधि ल्याउने यसअघि नै हल्ला चलेको थियो।

तर ओपोको फाइन्ड एक्स४ तथा एक्स४ प्रो को लहरमा अब भने वनप्लस र रियलमीका केही मोडलहरु पनि थपिने भएका हुन्।

रियलमीले पनि आफूले उक्त प्रविधि ल्याउने बताइसकेको छ भने हालै लीक भएको एउटा विवरण अनुसार यो डिभाइस रियलमी जीटी२ प्रो हुन सक्ने आकलन गरिएको छ।

यसबाहेक वनप्लस १० प्रो तथा ओपो रेनो८ प्रो मा पनि १२५ वाटको चार्जिङ सुविधा उपलब्ध हुने बुझिएको छ। यस हिसाबले रेनो ७ जेनेरेशनले भने यो प्रविधि प्रयोग गर्न पाउने छैन।

ओपोले हालसम्म नाम नखुलाएको एन ब्रान्डमा रहेको डिभाइसमा यो सुविधा ल्याउने बुझिएको छ।

यी सबै डिभाइसहरु अर्को वर्षको अद्धिल्लो ६ महिनाभित्र आधिकारिक रुपमा उपलब्ध भइसक्नुपर्नेछ। यस हिसाबले हेर्दा शाओमीको ११टी प्रो मा आउन लागेको १२० वाटको चार्जिङ प्रविधिका तुलनामा यो प्रविधिले कसरी काम गर्ला भन्ने कुरा चाखलाग्दो हुने आकलन गरिएको छ।

प्रकाशित: २८ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार