२०२२ मा ३३ करोडभन्दा बढी स्मार्टफोन बिक्री गर्ने सामसङको अपेक्षा

  • Technology Khabar | २८ कार्तिक २०७८, आईतवार
२०२२ मा ३३ करोडभन्दा बढी स्मार्टफोन बिक्री गर्ने सामसङको अपेक्षा

काठमाडौं ।

दक्षिण कोरियाली टेक जायन्ट सामसङले आगामी सन् २०२२ मा ३३ करोड थान स्मार्टफोन बिक्री गर्ने लक्ष्य राखेको छ।

इलेक्ट्रोनिक्स पार्टपुर्जाहरुको अभावका बावजूद कम्पनीले आफ्नो स्मार्टफोन बिक्री सङ्ख्या बढाउने योजना बनाएको बुझिएको छ।

सन् २०२२ मा समग्रमा ३३ करोड ४० लाख बिक्री गर्ने कम्पनीले लक्ष्य राखेको हो। तीमध्ये कम्पनीले २८ करोड ५० लाख थान आफैंले उत्पादन गर्ने र बाँकी ४ करोड ९० लाख तेस्रो पक्षका निर्माताहरुमार्फत उत्पादन गराउने योजना बनाएको छ।

यिनीहरुमध्ये ५ करोड ४० लाख थान स्मार्टफोनहरु ग्यालेक्सी एस लाइनअपका फ्ल्यागशिप डिभाइस हुनेछन्। तिनै फ्ल्यागशिप सेटहरुमा पनि १ करोड ४० लाख थान ग्यालेक्सी एस२२, ८० लाख थान ग्यालेक्सी एस२२+ तथा १ करोड १० लाख थान ग्यालेक्सी एस२२ अल्ट्रा रहनेछन्।

लचिलो स्क्रीनयुक्त ग्यालेक्सी जेड डिभाइसको उत्पादन तुलनात्मक रुपमा बढ्ने र यसको समग्र शिपमेन्ट सङ्ख्या १ करोड ३० लाख पुर्याइने कम्पनीको लक्ष छ। यो रेखामा ग्यालेक्सी जेड फोल्ड डिभाइस ४० लाख तथा ग्यालेक्सी जेड फ्लिप ९० लाख पर्ने बताइएको छ।

यसै क्रममा कम्पनीले १७ करोड ६० लाख थान शुरुवाती स्तरको साथै ९ करोड १० लाख थान मध्यम स्तरको फोन बिक्री गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: २८ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार