अमेरिकी अनुसन्धान संस्था एफबीआई नै साइबर आक्रमणको शिकार !

  • Technology Khabar | २८ कार्तिक २०७८, आईतवार
अमेरिकी अनुसन्धान संस्था एफबीआई नै साइबर आक्रमणको शिकार !

काठमाडौं ।

ह्याकरहरूले शनिबार अमेरिकी फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन इमेल प्रणालीमा आक्रमण गरेका छन् । एजेन्सी र सुरक्षा विशेषज्ञहरूका अनुसार ह्याकरहरुले सो सिस्टम अधिनमा लिएर सम्भावित साइबर आक्रमणको चेतावनी दिने हजारौं सन्देशहरू पठाए।

“नक्कली इमेलहरू @ic.fbi.gov मा अन्त्य हुने वैध एफबीआई इमेल ठेगानाबाट आएको देखिन्छ,” एफबीआईले एक विज्ञप्तिमा भनेको ब्लूमबर्गले उल्लेख गरेको छ।

यद्यपि घटनाबाट प्रभावित हार्डवेयरलाई “समस्याको खोजी गर्नका लागि तुरुन्तै अफलाइनमा राखियो,” एफबीआईले भन्यो, “र यो हाल निरन्तर जारी छ।”

यसमा १ लाख भन्दा धेरै इमेलहरु पठाईएको अमेरिकी संचारमाध्यमहरुले जानकारी दिएका छन्।

ह्याकरहरूले सम्भावित साइबर आक्रमणको चेतावनी दिने दशौं हजार इमेलहरू पठाएको ‘थ्रेट’ ट्र्याक गर्ने संस्था स्पामहाउज प्रोजेक्टले आफ्नो ट्विटर एकाउन्टमार्फत जानकारी दियो।

एफबीआई अमेरिकी न्याय विभागको एक अंग हो। सो साइबर आक्रमणको बारेमा थप अनुसन्धान भईरहेको बताईएको छ।

प्रकाशित: २८ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...