
काठमाडौं ।
चीनको सबैभन्दा ठूलो चिप निर्माता कम्पनी सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्प एसएमआईसीले कम्पनीका उपाध्यक्षले कम्पनी छाडेको बताएको छ।
कम्पनीका अनुसार नेतृत्व विवादका क्रममा उपाध्यक्षले आफू नियुक्त भएको १ वर्ष पनि पूरा नहुँदै नेतृत्व तथा कम्पनीबाटै राजीनामा दिएका हुन्।
टीएसएमसीका पूर्व अनुसन्धान निर्देशक चियाङ गत वर्षको डिसेम्बरमा एसएमआईसीमा आबद्ध भएका थिए।
कम्पनीका अनुसार चियाङले परिवारसँग समय बिताउने भन्दै गत बिहीबारदेखि लागू हुनेगरी कम्पनीका उपाध्यक्ष तथा बोर्डबाट राजीनामा दिएका हुन्।
उनको बिदाइ कम्पनीका अध्यक्ष झोउ जिशुएले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएको २ हप्तापछि आएको हो।
चियाङबाहेक सह प्रमुख कार्यकारी अधिकृत लियाङ मोङ सङ लगायत अन्य तीन सदस्यले पनि बोर्डबाट राजीनामा दिएको बुझिएको छ। उनले गत डिसेम्बरमै पद छोड्ने चेतावनी दिए पनि बोर्डबाट हटेको तर कार्यकारी पदमा भने रहिरहने कम्पनीले जनाएको छ।
प्रकाशित: २७ कार्तिक २०७८, शनिबार