हिमालयन बैंक र क्लियरिङ हाउसबीच नेपालपे क्यू आर सेवा प्रदान गर्ने सम्झौता

  • Technology Khabar | २६ कार्तिक २०७८, शुक्रबार
हिमालयन बैंक र क्लियरिङ हाउसबीच नेपालपे क्यू आर सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं ।

हिमालयन बैंक र नेपाल क्लियरिङ हाउस बिच नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालपे क्यू आर सुविधा प्रदान गर्ने सम्झौता भएको छ।

क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपाल पे क्यु आर संचालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुबिधाहरु उपलब्ध गराउन सम्झौता भएको बैंकले जनाएको छ।

सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंक हिमालयन बैंक भएकोले नेशनल पेमेन्ट स्वीचले ल्याएको यस सुबिधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ्ग कारोबार पुरा गर्न सकिने विश्वास बैंकले लिएको छ ।

ग्राहकहरुले नेपालपे क्युआर उपलब्ध भई संचालनमा ल्याउने सबै मर्चेन्टहरुबाट सहज र सरलरुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको क्युआर मार्फत डिजिटल भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

यसका साथै बैंकले नेशनल पेमेन्ट स्वीच मार्फत एनसीएचएलले उपलब्ध गराउने अन्य सेवाहरु पनि क्रमिक रुपमा उपलब्ध गराउने बैंकले उल्लेख गरेको छ । नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई संचालनमा आएको उक्त नेपाल पे क्युआर एक उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकोले बैंकका ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकले जनाएको छ। बैंकका अनुसार यस प्रणालीमा आवद्ध भए पश्चात ग्राहकहरुले नगदै भुक्तानी गर्नुपर्ने झण्झटबाट मुक्त हुनेछन् ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित: २६ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार