तीनओटा कम्पनीमा विभाजन हुने तर प्राइभेटमा नजाने तोशिबाको योजना

  • Technology Khabar | २६ कार्तिक २०७८, शुक्रबार
तीनओटा कम्पनीमा विभाजन हुने तर प्राइभेटमा नजाने तोशिबाको योजना

काठमाडौं ।

जापानी औद्योगिक समूह तोशिबा कर्पले शुक्रबार आफू तीन ओटा स्वतन्त्र कम्पनीमा टुक्रिने योजना रहेको बताएको छ।

कम्पनीको उर्जा र पूर्वधार तथा डिभाइस र सटोरेज गरी मुख्य दुई व्यवसाय रहेको छ।

यी दुई कम्पनीलाई टुक्र्याएपछि तोशिबाले आफ्नो ४०.६ प्रतिशत शेयर चिप निर्माता किओक्सिया तथा अन्य कम्पनीहरुमा लगाउने बुझिएको छ।

कम्पनीले केही समयअघि भएको कर्पोरेट गभर्नेन्स प्रकरणपछि झण्डै ५ महिनाको रणनीतिक समीक्षा गरेर अभियन्ता शेयरधनीहरुलाई बहिर्गमन गराउने उद्देश्यले यो निर्णय गरेको यस मामिलासँग जानकार स्रोतले बताएको छ।

निजी इक्विटी संस्थाहरुले पनि जापानको राष्ट्रिय सुरक्षा नीतिसँग बाझिने तथा प्रतिस्पर्धाविरोधी नियामकहरुको पनि विपरीतमा जाने हिसाबले सम्झाैता गर्नुपरेकोमा चिन्ता व्यक्त गर्दै आएका थिए।

कम्पनीका सीईओ सातोशी सुनाकावाले तोशिबाले अभियन्ता शेयरधनीहरुको उपस्थिति नभएको भए पनि र जापानको शक्तिशाली व्यापार मन्त्रालयले कुनै हस्तक्षेप नगरेको भए पनि छुट्टिने निर्णय गर्ने बताएका छन्।

‘यो निर्णयले प्रत्येक व्यवसायलाई आफ्नो लक्ष्य बढाउन तथा अझै शीघ्र निर्णय तथा चुस्त खर्च संरचना बनाउन सघाउ पुर्याउनेछ’, कम्पनीले विज्ञप्तिमा भनेको छ।

प्रकाशित: २६ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार