
काठमाडौं ।
विश्वमा सबैभन्दा छिटो अघि बढी रहेको स्मार्टफोन ब्रान्ड, रियलमीले आज औपचारिक रुपमा नेपालमा रियलमी जिटी नियो २ सार्वजनिक गरेको छ। जसको मूल्य रु. ५४,१९९ रहेको छ, जसमा ८/१२८ जीबी स्टोरेज रहनेछ।
लोकप्रिय फ्लागसिप किलर रियलमी जिटी लाइनअपमै आधारित यस नियो फ्लागसिप किलर रियलमी जिटी नियो २ धेरै स्मार्टफोन चलाउने प्रयोगकर्ताहरुको लागि बनाइएको हो जसमा प्राविधिक नवीनताका साथै सुन्दर डिजाइन देख्न सकिनेछ। शुरुका ग्राहकहरुले तोकिएको भन्दा रु.३००० कम मूल्य रु. ५१,१९९ मा यो मोवाइल फोन खरीद गर्न पाउनेछन् ।
रियलमी जिटी नियो २ लाई क्वालकम स्न्यापड्रागन ८५० फाइभजीको मोबाइल प्लेटफर्मले पावर गरेको छ। यसको लम्बाइ १६२.९ एमएम, चौडाइ ७७५.६ एमएम र उचाइ ८.६ एमएम रहेको छ । क्वालकम स्नापड्रागनले प्रयोगकर्तालाई सन्तुलित प्रदर्शनसँगै स्थिरताको अनुभव प्रदान गर्दछ।
थर्मल जेलले यस फोनलाई शितल राख्दछ। रियलमीको इतिहासमै पहिलो पटक रियलमी जिटी नियो २ मा ८ तहका तीन आयामको तापक्रम नियन्त्रण गर्ने ४१२९ एमएम क्षेत्रफलमा बाफलाई चिस्याउने खिया नलाग्ने स्टिलको संरचना रहेको छ। चिस्यान क्षमतालाई विचार गर्दा यसले मूलधारको गेमहरु खेल्न निकै सहयोग गर्नेछ। एप्लिकेसनहरु र गेमहरु छिटो लोड हुन्छ।
५००० एमएएच् ब्याट्रीले फोनको बनावटलाई समर्थन गर्दछ जसले गर्दा बिना दबाब ब्याट्रीको लाइफ लम्बाइदिन्छ । यसको ब्याट्रीले ६५ वाट सुपरडार्ट चार्जिङलाई सपोर्ट गर्ने हुनाले मात्र ३६ मिनेटमा फोन चार्ज हुन्छ। एक पटकको चार्जमा प्रयोगकर्ताले ३३ घण्टा टकटाइम, ८८ घण्टा संगीत, ८ घण्टा गेम र २५ घण्टा भिडियोको मज्जा लिन सक्नेछन्।
यसमा रहेको ट्रिपल क्यामराले स्पष्ट फोटोहरु खिच्छ । रियलमीको स्मार्टफोनमा ईफोर डिस्प्ले रहेको छ जसले अचम्मित पार्ने उत्कृष्ट डिस्प्ले प्रदान गर्दछ।
नियो जिटीको डिजाइन रियलमी जिटी लाइनअप कै महत्वपूर्ण हाइलाइट हो । यसको नियो ग्रीन रङ्ग प्रविधि र शक्तिको बेजोड संगम हो । नेपालका प्रयोगकर्ताहरुलाई अचम्मित पार्न सक्ने नवीन प्रविधि र सुन्दर डिजाइन रियलमी जिटी नियो २ मा पाउन सकिने छ।
रियलमी जीटी नियो २ कार्तिक २५ देखि दराज अनलाइनमा उपलब्ध हुनेछ । इच्छुक ग्राहकले उक्त स्मार्टफोनमा रु.५१,१९९ को शुरुवाती मूल्यमा अग्रीम बुकिङ्ग गर्न र दराजको ११.११ का सुविधाहरु प्राप्त गर्न सक्ने बताईएको छ।
यस सुविधा अन्तर्गत कार्तिक २८ देखि भाउचर तथा बैँकिङ्ग छुटमा वितरण शुरु हुनेछ तथा अफलाइन ग्राहकले कार्तिक २७ देखि अग्रीम बुकिङ्ग गर्न सक्नेछन्।
रियलमी नियो जिटी २ नियो ब्लाक र नियो ग्रीन गरी २ रङ्गमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
प्रकाशित: २४ कार्तिक २०७८, बुधबार