बेलायतमा हजाराैं फोन बुथ बन्द हुनबाट यसरी जोगाइँदै

  • Technology Khabar | २४ कार्तिक २०७८, बुधबार
बेलायतमा हजाराैं फोन बुथ बन्द हुनबाट यसरी जोगाइँदै

काठमाडौं ।

हालै बेलायतमा हजाराैं सङ्ख्याका टेलिफोन बूथ बन्द हुनबाट जोगाइएका छन्।

बेलायतको दूरसञ्चार क्षेत्रको नियामक संस्था अफकमले मोबाइलको सिग्नल राम्रो नटिप्ने तथा उच्च दुर्घटना दर भएका क्षेत्रका स्थानीयले आवश्यक ठानेमा ५ हजार यस्ता फोन बक्सहरु बन्द गर्नबाट बीटीलाई रोक्ने बताएको छ।

नियामक संस्थाले यदि यसरी सुरक्षा नदिइए अति आवश्यक ठानिएका केही बुथहरु यतिकै बन्द हुने पनि जनाएको छ।

केही वर्षदेखि ब्रिटिश टेलिकमले प्रयोगमा नआएका पेफोन बूथहरु हटाउँदै आएको छ।

तर अब भने उसले तलका केही शर्तशरु पूरा भएमा बाँकी फोन बूथहरु जोगाउनेछ:

  • यदि यो दुर्घटना वा आत्महत्याग्रस्ता क्षेत्रमा भए
  • विगत १२ महिनामा कुनै फोन बुथबाट ५२ कल गरिएको भए
  • उक्त ठाउँमा सार्वजनिक फोन बूथ हुनुपर्ने कुनै अपवबदयुक्त परिस्थिति भए
  • उक्त क्षेत्रमा सबै ४ मोबाइल सेवा प्रदायकको नेटवर्क नपुगेको भए

कुनै समयमा देशभर ९२ हजार फोन बूथ भएकामा हाल बेलायतका ९६ प्रतिशत बालिग नागरिकले मोबाइल फोन बोक्ने तथ्याङ्क छ।

प्रकाशित: २४ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार