सामसङले नोभेम्बर १९ नयाँ एक्जिनोस चिपसेट सार्वजनिक गर्ने

  • Technology Khabar | २४ कार्तिक २०७८, बुधबार
सामसङले नोभेम्बर १९ नयाँ एक्जिनोस चिपसेट सार्वजनिक गर्ने

काठमाडौं ।

सामसङ सेमिकन्डक्टर्सले आगामी नोभेम्बर १९ मा आफ्नो नयाँ चिपसेट सार्वजनिक गर्ने इभेन्ट आयोजना गर्ने भएको छ।

प्रविधि वृत्तका पारखीहरु एएमडी जीपीयूयुक्त सामसङको फ्ल्यागशिप चिपको प्रतिक्षामा रहेको बेला कम्पनीले इभेन्ट आयोजना गर्ने तय गरेकाले अब आउने चिपसेट एक्जिनोस १०८० को उत्तराधिकारी भर्सन हुने आकलन गरिएको छ।

यसअघि आएको एक्जिनोस १०८० चिपसेटको उत्तराधिकारीका रुपमा आउने भएकाले यो चिपसेट एक्जिनोस १२८० हुनसक्ने प्रबल सम्भावना रहेको छ। यो चिपसेट कम्पनीले आफ्ना इन्ट्री लेभल डिभाइसहरुमा प्रयोग गर्ने बुझिएको छ।

सामसङले हालै जारी गरेको आधिकारिक टिजर अनुसार गेमिङको क्षेत्र निकै अगाडि बढिसकेकाले सेमिकन्डक्टरमा आएको विकासले ‘इभर्सिभ’ भन्ने शब्दावलीले नयाँ उचाइ पाएको छ।

प्रकाशित: २४ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार