
काठमाडौं ।
फेसबुकको मूल कम्पनी मेटाले मंगलबार भारतमा साना तथा मझोला व्यवसायीलाई राहत दिनका लागि ‘ग्रो योर बिजनेस’ प्लेबुक नामक बिजनेस हब सार्वजनिक गर्ने घोषणा गरेको छ।
‘ग्रो योर बिजनेस हब’ले सूक्ष्म, साना तथा मझोला स्तरका व्यवसायीहरुलाई उनीहरुको विकास यात्राका आधारमा जरूरी जानकारी, टूल्स तथा स्रोत खोज्नका लागि वन-स्टप डेस्टिनेशन रुपमा काम गर्ने बुझिएको छ।
कम्पनीले एउटा विज्ञप्तिमा ‘प्लेबुक’ फेसबुक इन्डियाको पहिलो प्रकाशित पुस्तक भएको र यसमा साना व्यवसायीलाई बिजनेस पेज शुरू गर्नेदेखि लिएर पेजमा कन्टेन्ट बनाउने र विज्ञापन शुरू गर्नका लागि आवश्यक मार्गदर्शन गर्ने बताएको छ।
अनलाइन बिक्री बढ़ाउने प्लेटफर्म
यसको पहिलो एडिशनको उद्देश्य व्यवसाय अनलाइन तथा अफलाइनका रूपमा शुरू गर्ने हो। यसबाट कोरोना महामारी तथा त्यसपछिको समयमा साना व्यवसायलाई अनलाइन बिक्री बढ़ाउनका लागि प्लेटफर्म उपलब्ध हुन सकोस् भन्ने उद्देश्य लिइएको छ।
प्रकाशित: २४ कार्तिक २०७८, बुधबार