
काठमाडौं ।
चिनियाँ कम्पनी शाओमीले सहायक ब्रान्ड पोकोको नयाँ एम४ प्रो फाइभजी स्मार्टफोन मंगलबार सार्वजनिक भएको छ। यो एउटा मिड बजेट स्मार्टफोन हो।
कम्पनीको यो इभेन्ट ग्लोबल रुपमा भएको थियो। यो इभेन्ट नेपाली समयअनुसार बेलुकी पौने ६ बजे शुरू भएको थियो।
यो इभेन्ट यूट्युब तथा अन्य सोशल प्लेटफर्ममा लाइभ स्ट्रिम गरिएको थियो। यो फोनमा ५० मेगापिक्सेलको एआई क्यामरा रहने बताइएको छ। यसबाहेक यसमा डुअल स्पीकर तथा ३३ वाट फास्ट चार्जिङ सपोर्ट पनि उपलब्ध हुनेछ।
हालका केही जानकारी अनुसार रेडमी नोट ११ फाइभजीसँग मिल्दोजुल्दो छ। यसबाहेक मूल्य पनि रेडमी नोट ११ फाइभजीकै आसपास रहने आकलन गरिएको छ।
चीनमा यो फोनको शुरुवाती मूल्य १ हजार १९९ यूआन तोकिएको छ।
कम्पनीको टिजर अनुसार यसमा ६ एनएम चिपसेटयुक्त अल्ट्रा-फास्ट प्रोसेसर उपलब्ध हुनेछ। फोनमा ३३ वाटको फास्ट चार्जिङ सपोर्ट रहनेछ।
यसमा डुअल स्पीकर तथा ५० मेगापिक्सेलको एआई सपोर्टयुक्त क्यामरा रहने बुझिएको छ। साथमा ९० हर्ज रिफ्रेश रेटसहितको ६.६ इन्चको एचडी+ आईपीएस एलसीडी डिस्प्ले रहनेछ।
प्रोसेसरका हिसाबले डाइमेन्सिटी ८१० चिपसेटका साथमा ४ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज, ६ जीबी र्याम र १२८ आन्तरिक स्टोरेज तथा ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज भेरियन्टमा उपलब्ध हुने बुझिएको छ।
*सम्पादित
प्रकाशित: २४ कार्तिक २०७८, बुधबार