ह्वाइटहाउस प्रदर्शनका बारेमा अघिल्लै दिन ट्विटरका सीईओलाई सचेत गराएको बेलायतका युवराज ह्यारीको भनाइ

  • Technology Khabar | २४ कार्तिक २०७८, बुधबार
ह्वाइटहाउस प्रदर्शनका बारेमा अघिल्लै दिन ट्विटरका सीईओलाई सचेत गराएको बेलायतका युवराज ह्यारीको भनाइ

काठमाडौं ।

द ड्युक अफ ससेक्स ह्यारीले गत जनवरी ६ मा ह्वाइट हाउसमा भएको प्रदर्शनको १ दिन अगावै ट्विटरका सीईओ ज्याक डोर्सीलाई यसबारे सचेत गराएको बताएका छन्।

‘मैले डोर्सीलाई उसको प्लेटफर्मले एउटा राजनीतिक ‘कू’ लाई प्रश्रय दिइरहेको छ भनेर सचेत गराएको थिएँ’, ह्यारीले हालै अमेरिकामा आयोजित रि:वायर्ड नामक प्रविधि मञ्चमा भने।

युवराज ह्यारीले सामाजिक सञ्जालले मिथ्या समाचार तथा अनलाईन घृणालाई बढावा दिइरहेको छ वा छैन भन्ने विषयक सत्रमा बोल्दै थपे, ‘मैले अघिल्लो दिन उनलाई ईमेल गरेको थिएँ। त्यसको भोलिपल्टै घटना घटिहाल्यो। त्यसयता मैले उनीबाट कुनै जवाफ पाएको छैन।’

तर ट्विटरका सीईओ डोर्सीले हालसम्म यसका बारेमा सार्वजनिक रुपमा कुनै टिप्पणी गरेका छैनन्।

आफ्नी पत्नी डचेज अफ ससेक्ससँग क्यालिफोर्नियामा बस्दै आएका युवराज ह्यारीले मंगलबार पाहुना वक्तासँगको भिडियो च्याटमार्फत् भएको सत्रमा बताएका हुन्।

ह्यारीले अनलाइन घृणाका बारेमा आफ्ना अनुभव बाँड्दै सामाजिक सञ्जालले मिथ्या जानकारी कम गर्न पर्याप्त कदम नचालेको आरोप लगाए।

उनले इन्टरनेटलाई घृणा, वर्गीकरण तथा झूटका आधारमा व्याख्या गरिन थालेको र यो सही नभएकोमा जोड दिए।

ह्यारीको यो भिडियो च्याट कन्फ्रेन्स डाटा विश्लेषण कम्पनीले युवराज ह्यारी र उनकी पत्नीमाथि आएकामध्ये ७० प्रतिशत घृणायुक्त पोस्टहरु ५५ ओटा एकाउन्टबाट आएको तथ्य सार्वजनिक गरेको २ हप्तापछि भएको हो।

प्रकाशित: २४ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार