नबिल बैंकले दराज ११.११ मा क्यासब्याक अफर दिने

  • Technology Khabar | २४ कार्तिक २०७८, बुधबार
नबिल बैंकले दराज ११.११ मा क्यासब्याक अफर दिने

काठमाडौं ।

नबिल बैंकले दराजको ११.११ मेगासेल अवसरमा ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ।

दराजसँगको साझेदारीमा कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म ग्राहकहरूले डेबिट कार्डमार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार रुपैयाँ क्यासब्याक र क्रेडिट कार्डमार्फत समान छुट वा अधिकतम तीन हजार ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने नबिल बैंकले जानकारी दिएको हो।

दराज ११.११ मेगासेल हुन केही दिनमात्र रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोली ग्राहकहरूले डेबिट र क्रेडिट कार्डमार्फत क्यासब्याक अफरको लाभ लिन सक्ने बैंकले जनाएको छ।

प्रकाशित: २४ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...