
काठमाडौं ।
बैंक अफ काठमाण्डूको ग्राहकहरुले दराजको ११.११ योजनामा छुट पाउने भएका छन् । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको ११.११ योजनामा ३५०० सम्मको छुट पाउनेभएका हुन् ।
यस योजना अन्तर्गत दराजको ११.११ योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम् ३५०० सम्मको छुटको पाउन सक्ने बताईएकोछ ।
बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ।
प्रकाशित: २४ कार्तिक २०७८, बुधबार