गुगलको पिक्सेल ६ फोनले आफैं फोन गर्न थाल्यो, प्रयोगकर्ता हैरान

  • Technology Khabar | २४ कार्तिक २०७८, बुधबार
गुगलको पिक्सेल ६ फोनले आफैं फोन गर्न थाल्यो, प्रयोगकर्ता हैरान

काठमाडौं ।

गुगलको पिक्सेल ६ स्मार्टफोनका यूजरहरु हिजोआज एउटा बग अर्थात् समस्यासँग जुधिरहेका छन्। जानकारी अनुसार यूजरहरुले सामना गरिरहेको बग अर्थात् समस्या फोनले आफैं कल गर्ने हो।

हिजोआज फोनले आफैं कन्ट्याक्ट लिस्‍टमा रहेकाहरुलाई फोन गर्न थालेको छ। शुरुआती रिपोर्टहरुमा यसका पछाडि गूगल असिस्‍टेन्टको दोष रहेको पनि आशंका गरिएको छ।

तर यो अवाञ्छित कल रोक्नका लागि अस्‍थायी फ‍िक्‍स अर्थात् तरिका उपलब्‍ध छ। यूजरले यस घटनालाई गोस्ट कलिङ तथा फ्यानटम कलिङको नाम दिएका छन्।

गुगललाई पनि यस घटानाबारे राम्रै जानकारी रहेको बुझिएको छ। उसले यो समस्या सुल्झाउनेतर्फ आफूहरु काम गरिरहेको बताएको छ।

रेडिटमा एक यूजरले पिक्सेल ६ मा रहेको गोस्‍ट कलिङको यो समस्या बताएका थिए। उनका अनुसार फोनले एक दिन बिहान उनको साथीलाई फोन गर्यो। उनका अनुसार दोस्रो पटक उनी सुनसान कोठामा किताब पढेर बसिरहेका बेला राति फोन लगायो।

यसबाहेमा ९टू५ गुगलले पनि एउटा भिडियो शेयर गरेको छ। यसमा पिक्सेल ६ मा गुगल असिस्टेन्ट फिचरले कुने आदेशबिना नै फोन गरिदिने गरेको देखिएको छ।

यसको अस्थायी समाधानका लागि गुगलले फोन रिबूट गर्न आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ।

प्रकाशित: २४ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...