टिकटकमा भाइरल भिडियोले यसरी बचायो अपहरित १६ वर्षीया किशोरीलाई

  • Technology Khabar | २३ कार्तिक २०७८, मंगलवार
टिकटकमा भाइरल भिडियोले यसरी बचायो अपहरित १६ वर्षीया किशोरीलाई

काठमाडौं ।

अमेरिकामा हालै हराइरहेकी एक १६ वर्षीया किशोरीले हातले आफू अपहरणमा परेको सिग्नल बनाएको र त्यो भिडियो टिकटकमा भाइरल भएपछि फेला परेकी छिन्।

ती किशोरी गत मंगलबार अमेरिकाको नर्थ क्यारोलाइनाबाट हराइरहेको उनका बाबुआमाले प्रहरीमा खबर गरेका थिए। उनलाई २ दिनपछि केन्टकीमा एउटा कारभित्र देखिएको थियो।

हराइरहेकी १६ वर्षीया ती किशोरीले हातले घरेलु हिंसामा परेका पीडितहरुले सहयोगका लागि प्रयोग गर्ने संकेत बनाएर नजिकैबाट गुज्रिने अन्य गाडी चालकहरुको ध्यान खिच्ने प्रयास गरेकी थिइन्।

एक ड्राइभरले कारभित्र एउटी किशोरी यात्रु रहेको र उनले सामाजिक सञ्जालमा भाइरल भएको घरेलु हिंसाविरुद्ध सहयोग माग्ने संकेत आफ्नो हातले बनाएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि प्रहरीले तुरुन्तै उक्त कारका चालक ६१ वर्षीय पुरुषलाई पक्राउ गरेको लरेल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ।

https://www.facebook.com/photo.php?fbid=256143443212512&set=a.230621212431402&type=3

अन्तरराष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार प्रहरीलाई खबर गर्ने ती चालकले कारभित्र रहेकी किशोरी हतास रहेको र कार भने एक बुढा व्यक्तिले चलाइरहेको देखेको बताए।

नाम नख्लाइएकी ती किशोरीले अपहरणमा परेपछि आफू नर्थ क्यारोलाइनाबाट टेनिजी, केन्टकी हुँदै ओहायोमा पुर्याइएको बताइन्।

 

प्रकाशित: २३ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार