राइड सेयरिङ एप पिकमीका चालक र प्रयोगकर्ताको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट

  • Technology Khabar | २३ कार्तिक २०७८, मंगलवार
राइड सेयरिङ एप पिकमीका चालक र प्रयोगकर्ताको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट

काठमाडौं ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिकमी बिच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिकमीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरे।

यस सम्झौता पश्चात पिकमीका चालक र पिकमी प्रयोग गर्ने सबै ग्राहकहरुको १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्सबाट हुनेछ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिकमीका अध्यक्ष अधिकारीले आइएमई जनरल इन्स्योरेन्सबाट बीमा गराउन पाएकोमा खुशी व्यक्त गर्दै कम्पनीको तर्फबाट चालक तथा पिकमी ग्राहकले राइड सेयरिङ्ग, फुड डेलिभरी, लजिस्टिक सपोर्ट, मार्ट एउटै एपबाट गर्ने व्यवस्था रहेको बताए ।

सो एप गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिने बताईएको छ ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन पनि सबैमा आग्रह गरे।

प्रकाशित: २३ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार