काठमाडौं ।
धेरै वनप्लस नर्ड २ (OnePlus Nord 2) स्मार्टफोनहरू विगत केही महिनाहरूमा विस्फोट भएका समाचारहरु आईरहेका छन्। विशेषगरी छिमेकी देश भारतमा यस्ता फोन पड्किएका छन्।
यो क्रम एक वनप्लस नर्ड २ फाइभजीका एक भारतीय प्रयोगकर्ताको स्लिङ ब्यागमा अगस्टमा विस्फोटको साथ सुरु भयो, त्यसपछि दिल्लीमा आधारित वकिलको स्मार्टफोन आफ्नो खल्तीमा विस्फोट भएको थियो। र हाल अर्को व्यक्तिले आफ्नो खल्तीमा वनप्लस नोर्ड २ फाइभजी विस्फोट भएको रिपोर्ट गरेका छन्।
यस पटक, विस्फोटको कारण प्रयोगकर्ताको दाहिने तिघ्रामा गम्भीर चोट लागेको छ। ट्विटरमा एक भारतीय प्रयोगकर्ताले जलेको स्मार्टफोनको तस्बिरहरू पोस्ट गरेका छन् र साथमा स्मार्टफोन चलाउने प्रयोगकर्ताको तिघ्रामा भएको घाउको तस्वीर समेत छ।
ट्विटर प्रयोगकर्ता सुहित शर्माले तस्विरहरू पोस्ट गरे जसमा वनप्लस नर्ड २ पूर्ण रूपमा जलेको र बायाँ तर्फबाट पग्लिएको देखाइएको छ, साथै सो फोन धनीको डेनिम प्यान्ट जलेको र उसको तिघ्रामा भएको भयानक घाउको तस्वीरहरु समेत छ।
“@OnePlusIN तपाईबाट यो कहिल्यै अपेक्षा गरेन। #OnePlusNord2Blast हेर्नुहोस् तपाईंको उत्पादनले के गरेको छ। कृपया परिणामको लागि तयार रहनुहोस्। जनताको जीवनसँग खेलबाड बन्द गर । तिम्रा कारणले त्यो केटाले तत्काल सम्पर्क गर्न समस्या परेको छ,” शर्माले आफ्नो ट्वीटमा भनेका छन्।
https://twitter.com/suhitrulz/status/1455784742083706887
विगतमा यी कुराहरूलाई हल्का रूपमा लिएको आरोप लगाइएको वनप्लसले परिचित भाषामा एक विज्ञप्ति जारी गरेको छ। जसमा कम्पनीले यस्ता घटनाहरूलाई गम्भीरताका साथ लिने बताएको छ।
अनुसन्धान टोलीले पहिले नै प्रयोगकर्तालाई सम्पर्क गरिसकेको र थप अनुसन्धान गर्न विवरणहरू सङ्कलन गर्ने प्रक्रियामा भएको उल्लेख छ।
वनप्लसलाई पहिले पनि वनप्लस नोर्ड २ फाइभजी पड्किएको विगतका घटनाहरूमा संवेदनशील नभएको आरोप लगाइएको थियो।
प्रकाशित: २३ कार्तिक २०७८, मंगलवार